मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ पर्वतमा नयाँ समिति

माघ २, २०८०

पर्वत : अङ्ग्रेजी भाषाको शिक्षण गर्ने नेपाली शिक्षकहरुको संस्था नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ पर्वतको नयाँ कार्यसमिति चयन गरिएको छ ।

पर्वत सदरमुकाम कुश्मामा सोमबार आयोजित नेल्टा पर्वतको छैटौँ साधारण सभा तथा दोस्रो धौलागिरि अङ्ग्रेजी भाषा शिक्षण सम्मेलनका क्रममा नयाँ समिति निर्माण गरिएको हो । नयाँ समितिको अध्यक्षमा सूर्यप्रसाद भुसाल, उपाध्यक्षमा लक्ष्मीप्रसाद शर्मा, सचिव राजुप्रसाद भुसाल, सदस्य सचिव आशिष पौडेल, कोषाध्यक्ष सावित्रा सुवेदी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा ठाकुरप्रसाद शर्मा, शिरिष पौडेल, सुरेन्द्र भुर्तेल र सन्तोषी गुप्ता रहेका छन् । सबै स्थानीय तहहरुमा प्रतिनिधि सुनिश्चित गर्नका लागि थप दुई जना सदस्यहरु पछि तोक्ने गरी सम्मेलन सकिएको छ ।

नयाँ कार्यसमितिका निवर्तमान अध्यक्ष देव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कुश्मा नगरपालिको सामाजिक विकास समितिका संयोजक तथा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि अङ्ग्रेजी भाषा शिक्षकहरुको बिशेष भूमिका हुनुपर्ने बताए । आफूसँग पनि अङ्ग्रेजी विषयको साइनो गाँसिएको भन्दै संयोजक गिरीले अङ्ग्रेजी भाषाको विश्वव्यापीकरणका कारण अङ्ग्रेजी सिकाईम पहिलेको जस्तो समस्या नरहेको उल्लेख गरे ।

कार्यक्रममा नेल्टाका केन्द्रीय सदस्य डा. भिम गौतम, नेल्टा गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष डा. पिताम्बर पौडेल लगायतको पनि सहभागिता रहेको थियो । सम्मेलनमा निवर्तमान उपाध्यक्ष नवराज पौडेलले स्वागत मन्तब्य, लक्ष्मीप्रसाद शर्माद्धारा कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए भने कार्यक्रमको सञ्चालन निवर्तमान समितिका सचिव सूर्यप्रसाद भुसालले गरेका थिए । यस्तै निवर्तमान अध्यक्ष देव शर्माले संस्थाको स्थापनाकालदेखि हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नारायण माध्यमिक विद्यालय कुश्माका प्रधानाध्यापक प्रकाश रिजालद्धारा उपस्थित भएकाहरुलाई धन्यवाद ज्ञापन गरिएको कार्यक्रममा नेल्टाका केन्द्रीय सदस्य डा. भिम गौतम, नेल्टा गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष डा. पिताम्बर पौडेलले ‘अङ्ग्रेजी भाषा अभिबृद्धि तथा अनुसन्धान लेखन’ सम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive