बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

राष्ट्रिय कविता महोत्सवमा वाचनको लागि पर्वतका कवि ओमप्रसाद घायल सहित छनोटमा २५ कविका कविता

असार ६, २०८१

पर्वत : राष्ट्रिय कविता महोत्सव–२०८१ मा वाचनका लागि देशभरबाट २५ वटा कविताहरू छनोटमा परेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीका अनुसार प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गर्न लागिएको कविता महोत्सवको पूर्व प्रकाशित सूचना अनुसार प्राप्त भएका कविताहरूलाई मूल्याङ्कन समितिले मूल्याङ्कन गरेको थियो । छनोटमा परेका कविताहरू यही असारको नौ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सव–२०८१ मा वाचन गरिने छ ।

महोत्सवमा उपस्थित हुन सक्ने कविहरूले प्रत्यक्ष रूपमा उपस्थित भएर वाचन गर्न सक्ने तथा उपस्थित हुन नसक्ने कविहरूले कविता वाचन गरेको भिडियो रेकर्ड पठाउन पनि सक्ने प्रतिष्ठानले बताएको छ ।

छनोटमा परेकाहरूमा बर्दियाका अग्र आवाजको ‘माटोको उडान’, मकवानपुरकी अनिता न्यौपानेको ‘अचेल कता हराइरहेका छन् बच्चाहरू’, नवलपरासीका अन्जान प्रदीपको ‘फूलको पोस्टमार्टम’, भोजपुरका आङ्डेन्डी शेर्पाले शेर्पा भाषामा लेखेको ‘दि मिजी चिला ङिङ्दकी’, अछामका आजाद क्षेत्रीको ‘बाआमाहरुको सङ्घर्ष’, पर्वतका ओमप्रसाद शर्मा ‘घायल’को ‘परदेश हिँडिरहेको गाउँ’, दाङका छविलाल कोपिलाले थारु भाषामा लेखेको ‘पस्कन बास’, रोल्पाका दिलिप बुढामगरले मगर भाषामा लेखेको ‘मासन्सिउ छकाल्न्य’ छनोटमा परेका छन् ।

यस्तै पाल्पाका नारायणप्रसाद भण्डारीको ‘प्रिय छोरी’, काठमाडौँका पाग यात्रीले नेपाल भाषामा लेखेको ‘लाकाः यंकी तिनी’, खोटाङका प्रतापसिंह राई नाछिरिङ ‘ठुले पसिना बादेल’ ले नाछिरिङ भाषामा लेखेको ‘उ साइमा साइ पुकावो’, धनगढीका प्रेमप्रकाश सापकोटाको ‘काव्य दृष्टान्त’, दार्चुलाकी मनिषा जोशीले डोटेली भाषामा लेखेको ‘गुसाईँ येई बचाइहाल्लुँ’, कालिकोटका रुदाने चेतको ‘म कर्णाली नदी’ पनि छनोटमा परेको प्रतिष्ठानले बताएको छ ।

छनोटमा परेका अन्यमा मोरङबाट रुमानी कुलुङको ‘आमाको अनुहार’, सिन्धुलीबाट रूपक जमरा घलानले तामाङ भाषामा लेखेको ‘बगरला दुङाल’, सोलुखुम्बुबाट रेजिना खालिङले खालिङ भाषामा लेखेको ‘अर्दु युम प्योक’, ललितपुरबाट शर्मिला दुलालको ‘बग्नु एक नियति’, खोटाङबाट शुभचन्द्र राईको ‘गाउँ हराएको समय’, सुनसरीबाट श्रीभवानी नेपालको ‘अङ्क दुई’, रौतहटबाट सरला क्षेत्रीको ‘विनाशक विकास’, सङ्खुवासभाबाट सिजन श्रेष्ठको ‘तिमी बन्न नसकेर’, पाँचथरका सुमन सहयात्री योङहाङको ‘बिर्सिजानेहरु’, इलामका सुवास वाङ्देलको ‘काल्दाजुको प्रेम पत्र’ र अछामबाट हेमन्त शिशिरको ‘बजार’ शीर्षकको कविता पनि महोत्सवमा वाचनको लागि छनोटमा परेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive