बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

पाङ युवा क्लबको आयोजनामा तीज गीत प्रतियोगिता सम्पन्न

भदौ २३, २०८१
पर्वत : नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर पाङ युवा क्लबको आयोजनामा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
पाङस्थित बडहरेमा आयोजना भएको प्रतियोगितामा दिदीबहिनी समूह प्रथम, गौरीशङ्कर आमा समूह द्वितीय, पाङ धैरेनी माध्यमिक विद्यालय तृतीय र नानीश्वाँर आमा समूह सान्त्वना स्थानमा आएका छन् । उनीहरूले पुरस्कार स्वरूप क्रमशः १५ हजार, १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ सहित प्रमाण पत्र पाएका छन् । यस्तै उत्कृष्ट नृत्यमा नुवार सुवेदीथर माध्यमिक विद्यालय तथा उत्कृष्ट भेसभुसामा खरिबोट गोविन्दनाथ देव शर्मा माध्यमिक विद्यालयले बाजी मारेका छन् । यी दुई विद्यालयहरूले समान दुई/दुई हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा कुल १० वटा समूहहरूले प्रतिस्पर्धा गरेका थिए ।
कलाकारहरू प्रल्हाद सुवेदी, कृष्ण समीप सुवेदी, दिपिका पौडेल, सदिक्षा छन्त्याल, वसन्त शर्मा, कमल चापागाईँ तथा देवी सुनाम लगायतका साङ्गीतिक प्रस्तुतिहरू सहित आयोजित कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले सामाजिक सेवामा सक्रिय रहँदै आएको क्लबले हरितालिका तीजको अवसरमा समेत कार्यक्रम गरेर प्रशंसनीय काम गरेको बताइन् । पछिल्लो समय चाडपर्वको नाममा बाह्य संस्कृतिले प्रभाव जमाउँदै गएको बेलामा आफ्नो मौलिक कला र संस्कृतिको संरक्षणमा लाग्न सबैलाई अनुरोध गरिन् । कार्यक्रममा पाङका वडाध्यक्ष  खगराज पौडेल र खुर्कोटका वडाध्यक्ष लालकृष्ण बास्तोलाले क्लबको काम र कार्यक्रमको अझै प्रगतिको कामना व्यक्त गरे ।
क्लबका अध्यक्ष जयराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्ब्य उपाध्यक्ष सन्देश के.सी र सञ्चालन सचिव टेक बहादुर परियारले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive