बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

धारावासीको ‘अर्धकट्टी’ र तिवारीको ‘९६ गड्डी’ कृति सार्वजनिक

अशोज १७, २०८१

काठमाडौं : लेखकद्वय कृष्ण धारावासी र प्रकाश तिवारीको नविनतम कृति सार्वजनिक गरिएको छ।

धारावासीको आफ्नो जीवनीमा आधारित कृति अर्धकट्टी र तिवारीको उपन्यास ९६ गड्डी सार्वजनिक भएको हो।

बुधबार काठमाडौंमा साहित्यकार वैरागी काइला ,वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र पूर्वप्रध्यान्यायधिश गोपाल पराजुलीलले दुवै कृतिको विमोचन गरेका थिए। पैरवी प्रकाशनले प्रकाशन गरेको पुस्तकबारे बोल्दै लेखक धारावासीले आफ्ना जीवनका विभिन्न आयामहरूबारे यसअघिको आधा बाटो र पाण्डुलीपीमा रहेको भन्दै अर्धकट्टी त्यसैको निरन्तरता रहेको बताए। उनले आफ्नो जीवनमा जोडिएका विभिन्न मान्छे घटनाकाबारे कृतिमा उल्लेख गरेको बताए। ‘पुस्तकमा करिब २ हजार व्यक्तिहरूको नाम छ। जोसँग म जीवनको यात्रामा जोडिएँ’, उनले भने।

त्यसैगरी तिवारीले आफ्नो पुस्तकमा नेपालमा भइरहेको कर्मचारीतन्त्रभित्र हुने भ्रष्ट्राचार विषयले उल्लेख गरेको बताए। ’४६ सालदेखिबाट उपन्यासको कथा सुरू हुन्छ। एउटा व्यक्तिले कसरी धनको लालचमा आफूलाई भ्रष्ट बनाउँछ भन्ने कुरा पुस्तकमा उल्लेख गरेको छु’, उनले भने। दुवै पुस्तकबारे बोल्दै लेखक अमर न्यौपानेले यी कृतीले नेपाली साहित्यमा थप महत्वपूर्ण भूमिका खेल्ने बताए।

विमोचन कार्यक्रममा विभिन्न तह र तप्कामा बसेर अनवरत काम गरिरहेका साहित्यकार, पत्रकार, अधिवक्ता, न्यायधिशहरूलाई पनि दोसल्लासहित प्रमाणपत्रले सम्मान गरिएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive