मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

साप्ताहिक कार्यक्रम सहित दोहोरी गित प्रतिष्ठान पर्वतको अधिवेशन हुने

कार्तिक १६, २०८२

पर्वत : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले आफ्नो सातौँ अधिवेशन तथा २१ औँ वार्षिक साधारण सभाको बारेमा आयोजना हुने कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
आफ्नो साप्ताहिक कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रमको रुपमा रहेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पशुपति कार्कीले यही कात्तिक १६ गतेदेखि २२ गतेसम्म विभिन्न सात ओटा कार्यक्रमहरूको आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार कात्तिक १७ गते जिल्ला समन्वय समितिको सभा हलमा लोक दोहोरी विषयक अन्तरक्रिया एवं गोष्ठीको आयोजना गरिएको छ । कात्तिक १८ गते कुश्मा नगरपालिका–२ खुर्कोट बोडिस्वारामा कुर्सी हस्तान्तरण गरिने, कात्तिक १९ गते नयाँ पुल, खरेहा र गुप्तेश्वर बेदबेदाङ्ग पाठशालामा होर्डिङ बोर्ड मर्मत तथा कुसन हस्तान्तरण कार्यक्रम राखिएको अध्यक्ष शर्माले बताइन् ।
२० गते बागलुङमा रहेको मानव सेवा आश्रममा भोजन गराइने, २१ गते कुश्माको युनिभर्सल पार्टी प्यालेसमा जिल्ला स्तरीय दोहोरी गीत प्रतियोगिताको आयोजना गर्ने तथा अन्तिम कार्यक्रमको रूपमा कात्तिक २२ गते युनिभर्सल पार्टी प्यालेसमा नै महिला कलाकार सम्मान, आर्थिक सहयोग कार्यक्रम सहित सातौँ अधिवेशन तथा २१ औँ साधारण सभाको मुख्य कार्यक्रम आयोजना गरिने छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रदेखि जिल्लासम्मका समितिहरूको कार्यकाल तीन वर्षको रहने गरेको छ । तीन वर्ष अगाडि दीपक गदालको अध्यक्षतामा रहेको पर्वत प्रतिष्ठानको नेतृत्व छैटौँ अधिवेशनबाट कार्कीले सम्हालेकी थिइन् । उनको कार्यकालमा सयौँ गतिविधिहरू सम्पन्न भएका छन् ।
शर्माको कार्यकालमा प्रतिष्ठानले गण्डकी प्रदेशमा दुई पटक र केन्द्रमा एक पटक देशकै उत्कृष्ट जिल्ला बनेको छ । विपन्न बालबालिकालाई स्टेशनरी र खाद्यान्न वितरण, कलाकार सम्मान, नभ प्रतिभा सम्मान, महिला कालाकार सम्मान, खाद्यान्न वितरण, बृक्षरोपण, सार्वजनिक स्थल सरसफाइ, कुर्ची तथा सङ्गीतका सामग्री वितरण, अपाङ्गता भएका तथा असहायलाई सहायता वितरण, दीर्घ रोगीलाई नगद सहयोग, बालबालिकाको सहयोगार्थ ’जिबब लाइभ कन्सर्ट’, सडक महोत्सव, लोक तथा दोहोरी प्रतियोगिता, लगायत साङ्गीतिक कार्यक्रमहरू आयोजना, विद्यालयहरूमा खाद्यान्न सहयोग, बिरामीहरूका लागि न्यानो कपडा अभियानहरू सञ्चालन भएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive