शनि, जेष्ठ २, २०८३
Sat, May 16, 2026

महाशिलामा आवासिय रुपमा ग्रेडबृद्धि परीक्षाको तयारी

जेष्ठ २, २०८३

पर्वत : पर्वतको महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेडवृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले पूर्ण आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्न लागिएको जनाएको हो । महाशिला गाउँपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार गाउँपालिकाभित्रका माध्यमिक विद्यालयबाट एस.इ.ई २०८२ मा सहभागी भई अपेक्षित नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गरी कक्षा सञ्चालन गर्न लागिएको हो । गाउँ कार्यपालिकाको निर्णयअनुसार सञ्चालन हुने उक्त कक्षामा सहभागी विद्यार्थीहरूलाई निःशुल्क अध्ययन तथा आवासीय सुविधा उपलब्ध गराइने छ ।
तयारी कक्षा २०८३ साल जेठ ३ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन हुनेछ । तयारी कक्षा महाशिला गाउँपालिका–१, होश्राङ्दीस्थित सूर्य माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ । गाउँपालिकाले सम्बन्धित विद्यालयहरूलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई जानकारी गराई आवश्यक समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको छ । यस कार्यक्रमले आर्थिक तथा शैक्षिक कारणले थप तयारी गर्न नसक्ने विद्यार्थीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बरालले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive