मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

आजदेखि राज्य सुविधा परिचय पत्र वितरण गर्दै मोदी गाउँपालिका

कार्तिक ११, २०८३

पर्वत : पर्वतको मोदी गाउँपालिकाले मंगलबारदेखि तीन दिनसम्म राज्य सुविधा परिचय पत्र वितरणको काम सुरु गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आर्थिक वर्ष २०७५÷०७६ देखि गरिब परिवार पहिचान तथा राज्य सुविधा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन हुँदै आए अनुसार परिचय पत्र वितरण थालिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार मन्त्रालयबाट मोदी गाउँपालिका अन्तर्गतका सूचीकृत लाभग्राहीहरूको राज्य सुविधा परिचयपत्र र त्यसको विवरण प्राप्त भएपछि “गरिब परिचयपत्र वितरण कार्यविधि, २०७९“ वमोजिम गाउँपालिका क्षेत्रभित्रका १ सय ६३ जना लाभग्राहीहरूलाई परिचयपत्र वितरण गर्न थालिएको हो ।
परिचय पत्र लिनको लागि सम्बन्धित परिवारका परिवारमूली वा एकाघरका आधिकारिक सदस्यहरूले मंगलबारदेखि बिहीबारसम्म गाउँपालिकाको कार्यालय पातिचौरमा सम्पर्क गर्न सक्ने छन् । परिचय पत्र लिन जाँदा परिवारको मुख्य व्यक्ति उपस्थित हुने भएमा परिवारमूलीको सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति पनि लैजानुपर्ने छ ।
परिवारमूली उपस्थित हुन नसकी एकाघरको सदस्य आउने भएमा सम्वन्धित परिवारमूलीको सक्कल नागरिकता वा परिचय खुल्ने आधिकारिक कागजात, परिचयपत्र बुझ्न जाने एकाघरको सदस्यको सक्कल नागरिकता र प्रतिलिपि, नाता प्रमाणित हुने कागजात तथा परिवारमूलीको पासपोर्ट साइजको फोटो २ प्रति लगेको हुनुपर्ने शिक्षा अधिकृत दिनेश शर्माले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive