मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

सेयरमा सचेत भएर लगानी गर्न बोर्डको अनुराेध

असार १७, २०७८

काठमाडौं : पछिल्लो केहि समययता पुँजीबजार सूचक नेप्सेले एकपछि अर्को कीर्तिमान कायम गर्न थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सचेत भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ।

नेप्से मंगलबार करिब तीन हजार विन्दुको नजिक पुगेपछि एक विज्ञप्ति जारी गरी बोर्डले लगानीकर्तालाई सजग गराएको हो। बोर्डले कसैको लहैलहैमा नलागेर जोखिम बहन गर्न सक्नेगरी मात्र लगानी गर्न सचेत गराएको छ।

सेयर बजारका लगानीकर्ताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा कसैको लहैलहैमा नलागी सम्बन्धित क्षेत्र उद्योग कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गरेर मात्र लगानी गर्न बोर्डले भनेको छ।

सेयर बजार बढ्दा लगानीकर्ताहरुको जोखिमको स्तर पनि बढ्दै जानेतर्फ बोर्डले सचेत गराएको छ। विज्ञप्तिमा भनेको छ, ‘बजारको सिद्धान्तअनुसार घटबढ पनि हुन्छ, जोखिम पनि हुन्छ, जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई आग्रह गर्दछौँ।’

पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा कारोबारको वृद्धिसँगै सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासा आइरहेको र बोर्डले यस सम्बन्धमा अध्ययन सुरु गरेको पनि जनाएको छ। बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ ले वर्जित गरेका क्रियाकलापमा संलग्न नहुन पनि बोर्डले सवैलाई सजग गराएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive