शनि, माघ १०, २०८२
Sat, January 24, 2026

टोटनह्यामको प्रशिक्षकमा सान्टो

असार १७, २०७८

काठमाडौं :  इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम हट्स्परले नयाँ प्रशिक्षकका रुपमा पोर्चुगिज नुनो एस्पिरिटो सान्टोलाई नियुक्त गरेको छ।

उल्भ्सका प्रशिक्षक सान्टोले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए। उनले त्यहाँ चार वर्ष काम गर्दै क्लबलाई दोस्रो श्रेणीबाट प्रिमियर लिगमा पुर्याए भने युरोपा लिगको क्वाटरफाइनलसम्म पुर्‍याउन सफल भए।

गत सिजन अप्रिलमा जोसे माउरिन्होलाई बर्खास्त गरेपछि क्लबले पूर्व खेलाडी रायन मेसनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। प्रशिक्षक नियुक्तिको लामो प्रक्रियापछि सान्टो र टोटेनह्यामबीच २ वर्षको सम्झौता भएको हो।

यसअघि टोटन्ह्यामले एन्टोनियो कोन्टे, पाउलो फोन्सेका, जुलेन लोपेटेगुइ, जेनारो गाटुसो लगायतलाई भित्राउन सक्ने जनाइएको थियो। सान्टोले टोटेनह्याम आएपछि क्लबको पहिचान अनुसार नै आक्रामक फुटबल खेल्ने योजना रहेका बताएका छन्।

टोटनह्याम आउनु गौरवको विषय भएको भन्दै उनले निकै खुसी भएको बताए।  उनले भने,  ‘हामीसँग धेरै समय नरहेकाले केहि दिनमा नै प्रि सिजन प्रशिक्षणको लागि तयारी गर्नेछौं।’ सान्टो प्रशिक्षकमा आएसँगै अब क्लबसाम” मुख्य फरवार्ड ह्यारी केनको सम्झौता लम्ब्याउनु पर्ने चुनौती रहेको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive