बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

मेसीको बार्सिलोनामा सम्झौता सकियो

असार १७, २०७८

काठमाडौं : बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीको सम्झौता बुधबार रातिबाट सकिएको छ।

 सन २००० पछि पहिलो पटक बार्सिलोनामा मेसी सम्झौताविहीन भएका छन्। अब उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने छन्। 

विगत केहि महिना देखिनै बार्सिलोना र मेसीबीच पटक-पटक सम्झौताका विषयमा कुरा भएपनि फाइनल हुन सकेको छैन्। मेसीलाई म्यानचेस्टर सिटी, पिएसजीले जस्तोसुकै मुल्य खर्च गर्न तयार रहँदा बार्सिलोना भने उनको सम्झौता रिन्यू गर्न असफल भइरहेको छ।

धेरैले बार्सिलोनामा मेसीले दुई वर्ष सम्झौता रिन्यू गर्ने दाबि गरिरहँदा अब मेसी कहाँ अनुबन्धन हुन्छन् भन्ने चासोका साथ हेरिएको छ। उनी बार्सिलोनामा नै रहन सक्ने भए पनि अब विश्वका धनाढ्य क्लबहरुले उनलाई फ्रि ट्रान्सफरमा लिनका लागि अधिकतम प्रयास गर्नै पक्का छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive