आइतवार, अशोज २०, २०८१
Sunday, October 6, 2024

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

काठमाडौं : राष्ट्रिय फुटबल टिमको आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ। 

अखिल नेपाल फुटबल संघ एन्फाले एक सूचना जारी गर्दै प्राविधिक कारणवश आजदेखि प्रशिक्षण गर्न नसकिएको र जुलाई ७ देखि प्रशिक्षण सुरु हुने जानकारी दिएको हो। राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए। 

साफ च्याम्पियनसिप र एएफसी एसियन कप चाइना क्वालिफायरमा लागि बन्द प्रशिक्षण सुरु गर्न लागिएको हो। यसअघि प्रकाशित एन्फाको सूचनाअनुसार ५० खेलाडीलाई दुई समूह बनाएर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण दिने तयारी गरिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive