शुक्रबार, अशोज २१, २०७९
Friday, October 7, 2022
spot_img

यस्तो छ भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको प्रगति

पर्वत : भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको आयोजनामा गत आर्थिक वर्ष २०७८।७९ को बार्षिक प्रगति तथा आर्थिक वर्ष २०७९।८० को स्वीकृत बार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्य सम्पन्न भएको छ ।
सो अवसरमा गत आर्थिक वर्षको स्विकृत बजेट प्रदेशतर्फ चालु र पुँजिगत कार्यक्रमको कुल ५करोड २३ लाख पचास हजार, खर्च ५ करोड ११ लाख ४२ हजार अर्थात ९७ प्रतिशत र भौतिक प्रगति ९८ प्रतिशत भएको जानकारी दिइएको छ । संघिय सशर्ततर्फ बिनियोजित १ करोड ७० लाखमा १ करोड ६३ लाख १३ हजार खर्च भएको छ जुन ९५ प्रतिशत हो भने भौतिक प्रगति ९८ प्रतिशत रहेको छ । समग्रमा प्रदेश तथा संघीयतर्फका कार्यक्रमको कुल खर्च ६ करोड ७४ लाख ५५ हजार एवं भौतिक प्रगति ९८ प्रतिशत हासिल भएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारतर्फ चालु र पूँजिगत गरी न्यूतनम ५ लाख देखि अधिकतम २० लाख सम्म विनियोजित साना योजनामा ७ करोड ६७ लाख ७५ हजार रहेको छ । जसमा चालु कार्यक्रम २९ लाख २५ हजार र पूँजिगत कार्यक्रममा ७ करोड ३८ लाख ५० हजार रहेको छ ।
जिल्लागत रुपमा मुस्ताङमा ४ वटा योजनाका लागि जम्मा ४० लाख, म्याग्दीमा ८ वटा योजनाका लागि ५७ लाख, बाग्लुङमा १७ योजनाका लागि १ करोड १५ लाख, पर्वतमा ३७ योजनाका लागि २ करोड २७ लाख, स्याङजामा २६ योजनाका लागि १ करोड ७९ लाख बजेट बिनियोजन भएको छ । संघीय सशर्ततर्फका ११ योजनाका लागि १ करोड ४० लाख, स्याङजामा ४ योजनाका लागि ३५ लाख, बाग्लुङमा ३ योजनाका लागि ३५ लाख र पर्वतमा ४ योजनाका लागि ७० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बि.क. रहेका थिए ।

spot_img

सम्वन्धित समाचार

प्रतिकृया थप्नुहोस्

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

भर्खरै

News Archive