बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

जलजला गाउँपालिकाले सञ्चालनमा ल्यायो पालिकाको पहिलो एम्बुलेन्स

पर्वत : अहिलेसम्म एउटा पनि एम्बुलेन्स नभएको जलजला गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
कोभिड–१९ महामारीको बेलामा जलजला गाउँपालिका–८ नाग्लीवाङका वडाध्यक्ष हरिविकास जि.सी.को पहलमा नाग्लीवाङ प्रवासी समाजले गरेको आर्थिक सहयोगमा आएको एम्बुलेन्सलाई गाउँपालिकाले सञ्चालन गर्ने भएको हो। गाउँपालिकाभरमा एउटा पनि एम्बुलेन्स भएका कारण कोभिडका बिरामीहरूलाई उपचारको लागि लैजानुपर्ने अवस्थामा कठिनाइ भएको अवस्थाका बारेमा जानकारी गराएपछि नाग्लीवाङबाट प्रवासमा रहेकाहरूले करिब २० लाख रुपैयाँ सङ्कलन गरेर पठाएका थिए।
‘नाग्लीवाङबाट प्रवासमा रहेकाहरूलाई कोभिड विरुद्ध सघाउन गरेको अनुरोधमा झन्डै २० लाख रुपैयाँ सहयोग हामीलाई आएको थियो। त्यसबाट साढे ११ लाखमा यो एम्बुलेन्स र सात ओटा अक्सिजन कम्प्रेसर मेसिन किनेका थियौँ,’ वडाध्यक्ष जि.सी.ले भने, ‘त्यसबाट बाँकी रहेको पैसा त्यो बेलामा समस्यामा परेकाहरूलाई राहत तथा खाद्यान्न सहयोगमा खर्च गरिएको थियो।’
समाजले उक्त एम्बुलेन्स नाग्लीवाङ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो। तर नाग्लीवाङ स्वास्थ्य चौकीमा मात्रै सीमित गरेर राख्दा सधैँ बिरामीहरू नपर्ने र सञ्चालनमा नै समस्या हुन सक्ने भएपछि गाउँपालिकामा भित्रिएको पहिलो एम्बुलेन्सलाई गाउँपालिकाभरि सेवा दिने गरी सञ्चालनमा ल्याइएको हो। नाग्लीवाङबाट बाहिर गएकाहरूले मात्रै सहयोग गरेकाले नाग्लीवाङमा मात्र सेवा दिने गरी राखिएको एम्बुलेन्स सधैँ प्रयोगमा नआउँदा सवारीमा समस्या आउन सक्ने तथा अन्य वडाका बासिन्दाले सुविधा नपाउने अवस्था रहने भएकाले वडामा सीमित रहेको एम्बुलेन्सलाई पालिकाभर सेवा दिने बनाइएको हो।
गाउँपालिकाका प्रवक्ता समेत रहेका जि.सी.का अनुसार एम्बुलेन्स सञ्चालनको लागि गाउँपालिकाको तर्फबाट जि.सी.कै संयोजकत्वमा समिति निर्माण गरिएको छ। उक्त समितिमार्फत गाउँपालिकाले नै आय र व्ययको हिसाब राख्नुको साथै चालकका लागि तलबको पनि व्यवस्थापन गर्ने छ।
जलजलामा व्यस्त नभएको बेलामा जिल्लाकै अन्य स्थानीय तह सहित जलजलासँग सिमाना जोडिएका म्याग्दी र बागलुङ जिल्लामा पनि पुगेर पनि एम्बुलेन्सले सेवा दिने छ। मिलन चोक वा कुश्मा बेनी सडक खण्डमा एम्बुलेन्स रहने भएकोले आवश्यक परेको जुन कुनै बेलामा पनि सेवा दिन सकिने छ। सम्पर्क गरेको बेलामा जुन कुनै बेलामा पनि सेवा दिने गरी तयारी अवस्थामा राखिएको प्रवक्ता जि.सी.ले बताए।
पर्वत सदरमुकाम कुश्मादेखि म्याग्दी सदरमुकाम बेनीसम्मको झन्डै १७÷१८ किलोमिटर लामो सडकमा बेला बेलामा सानादेखि ठुला सवारी पनि दुर्घटनामा पर्ने गरेका छन्। साँघुरो बाटो र अचानक आउने मोड लगायतका कारण हुने दुर्घटनापछि उद्धार गर्न सार्वजनिक सवारीको भर पर्नुपर्ने बाध्यता थियो। उक्त एम्बुलेन्स हाई वे सडकमा तयारी अवस्थामा रहने भएका कारण कुश्मा–बेनी सडक खण्डमा दुर्घटना भइहालेमा घाइतेहरूको उद्धार गरी छिटो अस्पताल लैजान सहज हुने छ।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive