बुध, माघ २१, २०८२
Wed, February 4, 2026

कर्मचारी आन्दोलन : भदौ १२ देखि १८ सम्म पर्वतमा पनि विद्यालय बन्दको आह्वान

भदौ १२, २०७९

पर्वत : नेपाल विद्यालय कर्मचारी परिषद पर्वतले बाध्यताबस आफूहरुले भदौ १२ देखि १८ गते सम्मको लागि आह्वान गरेको विद्यालय बन्दमा सघाउन अनुरोध गरेको छ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको मागको विषयमा विगतमा विभिन्न सम्झौताहरु भएको भए पनि सरकारले ती सम्झौताहरु कार्यान्वयन नगरेपछि परिषदले राजधानी काठमाण्डौँमा नै गत भदौ एक गतेदेखि आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ। देशभरका विद्यालय कर्मचारीहरु काठमाण्डौँमा जम्मा भएर हरेक दिन ¥याली निकाल्दै धर्नामा बस्दा पनि सरकारले वेवास्ता गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले भदौ १२ देखि १८ गतेसम्मका लागि देशभरका सामुदायिक विद्यालयहरु बन्दको आह्वान गरेको थियो।
नेपाल विद्यालय कर्मचारी परिषद पर्वतका अध्यक्ष पदमलाल गौतमद्धारा हस्ताक्षरित आह्वानमा विद्यालय कर्मचारीहरुको हकहित र उचित तलवमान कायम नगरेको, पटक पटक विभिन्न सेवा सुबिधा सम्बन्धि सम्झौता गरी प्रलोभन देखाई धोका दिँदै आइरहेको लगायतका कारण आफूहरु आन्दोलित हुनुपरेको उल्लेख गरिएको छ।
विद्यालय कर्मचारीहरुको मागमा राजनीतिक दलमा शुभेच्छा राख्ने शिक्षकहरुका पेशागत सङ्गठनहरुले पनि ऐक्यबद्धता जनाउँदै आएका छन्। कर्मचारीहरुको आन्दोलन सुरु भएकै दिनदेखि उक्त आन्दोलनमा आफूहरुको पनि समर्थन र ऐक्यबद्धता रहेको भन्दै नेपाली काँग्रेसको शुभेच्छुक नेपाल शिक्षक संघ पर्वत र नेकपा एमालेको शुभेच्छुक नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले विज्ञप्ति जारी गरेका थिए।
विद्यालय कर्मचारीहरुको मागको विषयमा राज्यले बेवास्ता गरेका कारण उनीहरु लामो समयदेखि समस्यामा रहँदै आएको ती सङ्गठनहरुले बताएका छन्। विद्यालयमा रहेका विभिन्न समस्याहरुको हल गर्न राज्य तयार हुनुपर्ने बताउँदै आएका शिक्षकका पेसागत सङ्गठनहरुले आफ्नो आन्दोलनमा ऐक्यबद्धता जनाएका कारण विद्यालय बन्द गरेर सरकारलाई ब्यूझाउँने काममा पनि समर्थन गर्ने परिषद पर्वतका अध्यक्ष गौतमले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive