शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

गण्डकीमा उत्कृष्ट बनेका पर्वतका खेलाडीलाई बास्केटबल संघको सम्मान

भदौ २०, २०७९

पर्वत : नवौँ खेलकुद प्रतियोगिता लक्षित गण्डकी प्रदेश स्तरीय खेलकुद अन्तर्गत बास्केटबलमा प्रथम बनेको पर्वतको टोलीले जिल्ला बास्केटलबल संघले बधाई सहित सम्मान गरेको छ ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संबिधान सभाका सदस्य तथा नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले प्रमाण पत्र र खेलाडीहरुले पाउने रकम सहित सम्मान गरेका हुन । सो अवसरमा बोल्दै नेता जोशीले पर्वतका गाउँमा गाउँमा देखिने गरेका बास्केटबल मैदानहरुको नतिजा यही सफलता भएको बताए । १० जिल्लालाई पछाडि पार्नु पर्वत जिल्लाको लागि ऐतिहासिक काम भएको उनले खेलाडी सहित यसका कोच, व्यवस्थापन र सम्बन्धित सबैमा पनि बधाई ज्ञापन गरे ।


पछिल्लो समयमा देशको परिवेश राजनीतिमा मात्रै केन्द्रित हुँदा प्रतिभावान व्यक्तिहरुको प्रतिभा देखाउने अवसरमा कमी आएको भन्दै नेता जोशीले राजनीतिको माध्यमबाट भन्दा खेलको माध्यमबाट देशलाई विश्वमा चिनाउन सकिने विश्वास व्यक्त गरे । पर्वतका खेलाडीहरुले जिल्लाको नाम चिनाएका कारण आर्थिक संकट सहेर पनि पसिना बगाउँदै खेलेका खेलाडीहरुलाई जिल्लाका सबै स्थानीय तहहरुले सहयोग गर्नुपर्ने र त्यसका लागि आफूले पनि समन्वय गर्ने नेता जोशीको भनाई छ ।
कार्यक्रममा आफ्ना भनाई राखेका जलजला गाउँपालिका–६ का वडाध्यक्ष बल बहादुर पुन र वडा नं. ९ का वडाध्यक्ष गौ बहादुर पुनले वडा र पालिकाको तर्फबाट खेलाडीहरुलाई सम्मान गर्न तथा आर्थिक सहयोग गर्नको लागि आफूहरु तयार रहेको भनाई राखे । राज्यले खेलाडीहरुलाई त्यसैमा टिकाउने र खेलका माध्यमबाटै जीवन निर्वाह गर्न सक्ने खालको नीति ल्याउन सुझाव दिए । नेपाल मगर संघका केन्द्रिय सदस्य सोम फगाकी पुनले पर्वतका खेलाडीहरु राष्ट्रिय स्तरसम्म पुगेर बिजयी भई आउनेमा विश्वास ब्यक्त गरे । खेलाडीको हौसला सबै पक्षबाट बढाउन आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा भूतपूर्व प्रहरी संघ पर्वतका अध्यक्ष गुमबहादुर पुन, तिलिजा भाई परिवारका अध्यक्ष भिमबहादुर चोचाङ्गी पुन मगर समाज पर्वतका संयोजक होम बहादुर पुन लगायतले पनि बोलेका थिए ।


कार्यक्रममा बोल्दै जिल्ला बास्केटबल संघ पर्वतका सल्लाहकार तथा पून यूवा क्लबका अध्यक्ष कृष्ण पुनले आर्थिक कठिनाईका बाबजूद पनि खेलाडीहरुले प्रदेशकै उच्च नतिजा लिएर आएको भए पनि आफूहरुको खर्च व्यवस्थापनमा समस्या भइरहेको भनाई राखे । यस अगाडिका प्रतियोगिताहरुमा जितका लागि प्रयास गरिएको भए पनि यो पटक सफलता नै हात पर्नुले खेलाडीहरुमा उत्साह बढेको उनको भनाई छ ।


संघका अध्यक्ष मिलन पाइजा पुन मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निरमाया पाइजाले गरेकी थिईन । सोही अवसरमा भूतपूर्व प्रहरी संघ पर्वतका अध्यक्ष गुमबहादुर पुन, तिलिजा भाई परिवारका अध्यक्ष भिमबहादुर चोचाङ्गीले खेलाडीहरुलाई हौसला बढाउनको लागि जिल्ला बास्केटबल संघलाई नगद ५÷५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive