बुध, असार २५, २०८२
Wed, July 9, 2025

सात ग्राहकलाई कुमारी बैंकद्वारा बीमा सुविधाबापतको रकम भुक्तानी

अशोज १३, २०७९

काठमाण्डौ । कुमारी बैंकले परिवार सुरक्षा बचत खाताअन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकलाई खातामा उपलब्ध बीमा सुविधाबापतको रकम भुक्तानी गरेको छ।

उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्णबहादुर श्रेष्ठ, शान्ति नेपाली, अमृताकुमारी कँडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमश रु. ३३ हजार २५०, रु. ३८ हजार, रु. ३८ हजार, रु. ३८ हजार, रु. १७ हजार १००, रु. २८ हजार ७७.२५ र रु. ३८ हजारबराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमबीच हस्तान्तरण गरे।

बैंकले उक्त बीमा रकम नेको इन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो। बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजनाअन्तर्गत २६ लाख रुपैयाँसम्मको सुविधा प्राप्त हुने बैंकले जानकारी गराएको छ।

यसका साथै यस बचत योजनाअनुसार खातावालालाई निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, र इन्टरनेट बैंकिङ सेवा उपलब्ध छ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५४ शाखारहित बैंकिङ इकाइ तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive