पर्वत : पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काउलेमा वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।
स्थानिय नव प्रगतिशिल युबा क्लबको आयोजनामा भैरहेको दोस्रो काउले मेलाको अवसरमा चार दिने स्वर्गिय ओमबहादुर गुरुङ स्मति वडास्तरीय भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको समाजसेवी तथा कादुरी संस्थाका राष्ट्रिय प्राबिधीक निर्देशक डा.नारायण गुरुङले उद्घाटन गर्नुभयो ।
दशैको अवसर पारिेर आयोजना गरिएको प्रतियोगितामा पर्वतको कुस्मा र फलेबास नगरपालिका, मोदी, महाशिला गाउँपालिका तथा स्याङ्गजाको आँधीखोला गाउँपालिकाका ग ि१५ टिम भन्दा बढीको सहभागिता रहेको क्लबका अध्यक्ष मनोज गुरुङ्गले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्घितिय हुने टिमलाई ३० हजार र तृतिय हुने टिमलाई १५ पुरस्कार दिइने छ । क्लबले यस अघि पहिलो काउले मेलामा पनि वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।
मेला र भलिबल प्रतियोगिताको उद्घाटन गर्दै समाजसेवी डा. गुरुङले समाजको बिकासका लागि सबै एक ठाउँमा उभिनु पर्ने कुरामा जोड दिनुभयो । हाम्रो समाजमा बिकास निर्माणका धेरै कामहरुमा सामुहिक हातेमालो बनाउन सक्यो भने गाउँको मुहार फेर्न सकिन्छ भन्नुभयो । उहाँले आफ्नो क्षमतालाई प्रयोग गरेमा सफल बन्न सकिन्छ भन्दै
क्लबका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी लालप्रसाद गुरुङ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहेको छन ।
मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025