पर्वत : विजया दशमी तथा दिपावलीको अवसर पारेर पर्वतको कुश्मा नगरपालिका–१ पाङमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
समाज सेवामा सक्रिय रहँदै आएको स्थानीय पाङ युवा क्लब र स्थानीय नुवार सुवेदीथरको संयुक्त आयोजनामा शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशको अर्थ मन्त्रालय सचिव विष्णुप्रसाद शर्मा रहेका थिए। शुभकामना मन्तब्य राख्दै उनले आफ्नो ठाउँको विकासको लागि सबै जागरूक भएर लाग्नु पर्ने बताउँदै आफू पाङको विकासको लागि दत्तचित्त भएर लागिरहेको उल्लेख गरे।
सोही अवसरमा सचिव शर्माले आफूले पाङ युवा क्लब तथा विद्यालयको लागि ल्याएका खेलकुद सामाग्रीहरु पनि सम्बन्धित पक्षलाई हस्तान्तरण गरेका छन्। सामग्री प्रदान गर्दै उनले अहिलेका युवा तथा बालकालिकालाई मोबाइल फोनमा भन्दा खेलकुदतर्फ आकर्षित गर्नुपर्ने सुझाए। शर्माले आगामी दिनमा पनि सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
कार्यक्रममा कुश्मा नगरपालिका–१ पाङका वडाध्यक्ष खगराज पौडेल, देवेन्द्र प्रसाद सुवेदी, समाजसेवी कृष्ण बहादुर क्षेत्री, सल्लाहकार गणेश मल्ल, होमनाथ सुवेदी, कृष्णप्रसाद रिजाल, शिक्षक ख्यामराज सुवेदी लगाएतले पनि शुभकामना व्यक्त गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विज्ञान बम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक रामचन्द्र अधिकारीले राखेका थिए। कार्यक्रमको सञ्चालन पाङ यूवा क्लबका अध्यक्ष जयराम सुवेदीले गरेका थिए।
पाङमा शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न
अशोज १५, २०७९
