बिहि, माघ १, २०८२
Thu, January 15, 2026

दसैँको अवसरमा पाटेश्वरी मन्दिरमा सरसफाई

अशोज १५, २०७९

पर्वत : दसैँको अवसर पारेर कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको पाटेश्वरी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
दसैँ तथा अघिपछिको समयमा पनि आन्तरिक तिर्थालुहरुको विश्वासको केन्द्रका रुपमा रहेको मन्दिरमा शसस्त्र प्रहरी बल, नेपाल नं. २५ गण हेडक्वार्टर चण्डिकाबाट गएको शसस्त्र प्रहरीको टोली, सामुदायिक प्रहरी बिट बान्द्रेबिणीबाट गएको नेपाल प्रहरीको टोलीसँग मिलेर स्थानीय पाटेश्वरी टोल विकास संस्था र स्थानीय नागरिकले सरसफाई गरेका हुन।
वडाध्यक्ष राम शर्मा लामिछानेको विशेष उपस्थितिमा भएको कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ। सो अवसरमा बोल्दै वडाध्यक्ष लामिछानेले बडा दसैँ, दीपावली र छठ पर्वले सबैमा सुख र शान्ति प्राप्त होस भन्ने कामना व्यक्त गरे। नेपालीहरु धार्मिक र साँस्कृतिक रुपमा धनी रहेको बताउँदै तिनीहरुको रक्षा गर्दै अर्को पुस्तालाई हस्तान्तरण गर्नु सबैको जिम्मेवारी रहेको बताए।
पाटेश्वरी टोल विकास संस्थाका संयोजक महोदत्त शर्मा (बिष्णु अधिकारी) ले दसैँको अवसरमा मन्दिरको सरसफाई कार्यमा सघाएकोप्रति सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताए। दसैँको अवसरमा जिल्लाका बिभिन्न ठाउँमा रहेका देवी मन्दिरहरुमा सरसफाईको काममा सुरक्षाकर्मीहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो। दसैँको शुभकामना व्यक्त गर्दै अधिकारीले नेपालीहरुले मनाउने चाडपर्वमा परम्परागत शैलीहरुको अभाव हुने थालेको बताउँदै संस्कृतिको रक्षामा सबै एकजुट हुन आह्वान गरे।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive