शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

पर्व मनाउने शैली फेरियो : मुख्यमन्त्री पोखरेल

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको बताएका छन्।
विजयादशमी २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालका मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको पनि उल्लेख गरेका छन्। ‘हाम्रो देश नेपाल बहु सांस्कृतिक, बहु जातीय, बहुभाषिक एवं बहु धार्मिक विविधताले भरिपूर्ण छ । विविधताबिचको एकता नै हामी नेपालीको विशेषता हो। मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी नेपालीको साझा दायित्व हो,’ मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको छ। हाम्रा मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी छ।’
उनले स्वदेश तथा विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। दसैँलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने पर्वका रूपमा मनाउन प्रदेशवासी, सम्पूर्ण नेपालीमा उनले अनुरोध गरेका छन्। महामारीका रूपमा फैलिएको डेंगीबाट जोगिन आवश्यक मापदण्ड पूर्ण रुपमा अवलम्बन गरी पर्वको खुसीयाली साट्न पनि मुख्यमन्त्री पोखरेलले अनुरोध छन्।
नेपालका पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरूले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने तथा  विविधताबिचको एकतालाई थप मजबुत बनाउन दसैँ र यस्ता पर्वहरूले अभूतपूर्व भूमिका निर्वाह गर्ने उनको भनाई छ। ‘हाम्रो देश नेपाल बहु सांस्कृतिक, बहु जातीय, बहुभाषिक एवं बहु धार्मिक विविधताले भरिपूर्ण छ। विविधताबिचको एकता नै हामी नेपालीको विशेषता हो।’ उनले भनेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive