बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

नवौँ राष्ट्रिय खेलकुद : कराँते काताका स्वर्ण विभागीयलाई मात्रै

अशोज ३०, २०७९

पर्वत : यस अगाडि हुने गरेका राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँते खेलका विभिन्न विधाका पदकहरूमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस पुलिस क्लबको वर्चस्व रहँदै आएको थियो। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीयको विरासतलाई भत्काउने प्रयास अन्य टोलीको थियो।
तर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका काता विधामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबले स्वर्ण पदक प्राप्त गर्दै कराँतेमा स्वर्ण सहितको विजयी सुरुवात गरेका छन्। पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँमा रहेको सेकी कभर्ड हलमा शनिवार साँझसम्म भएका कराँते काताका तीन विधाका खेल भए। तीन वटै विधाका खेलमा विभागीय टोली नै हाबी भए।
महिला काता समूहको फाइनलमा प्रदेश नम्बर १ लाई आर्मीले पराजित गर्दै स्वर्ण पदक जित्यो। विभागीयलाई पराजित गर्ने गरी कडा प्रतिस्पर्धामा उत्रिएको प्रदेश नम्बर १ ले रजतमा नै चित्त बुझाएको छ। सोही खेलबाट बागमती प्रदेश र नेपाल पुलिस क्लबले कास्य पदक जितेका छन्।
पुरुषतर्फ भएको एकल कातामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको छ। एपीएफको तर्फबाट स्वर्णिम मानन्धरले बागमतीका रहेन जावेदलाई पराजित गर्दै स्वर्ण पदक एपीएफको पक्षमा लगेका हुन्। बागमतीले रजत पदकमा चित्त बुझाउँदा नेपाल पुलिस क्लबका महसुस तामाङ र प्रदेश नम्बर १ का आशिस मगरले कास्य पदक दिलाएका छन्।
महिलातर्फको एकल काताको स्वर्ण पदक भने नेपाल पुलिस क्लबले हात पारेको छ। नेपाल पुलिस क्लबका लागि चञ्चला दनुवारले त्रिभुवन आर्मी क्लबकी सङ्गीता मगरलाई पराजित गरेकी छिन्। मगरले त्रिभुवन आर्मीलाई रजत पदक दिलाउँदा कर्णाली प्रदेशका लागि एलिसा रसकोटीमगर र सुदूरपश्चिम प्रदेशका लागि वर्षा राउतले तेस्रो स्थानमा रहँदै कास्य पदक पाएका छन्।
शनिवार नै भनिएको पुरुष समूह कातातर्फको फाइनल खेल भने समय अभावका कारण आइतबार गर्ने तयारी छ। यो सहित आइतबार महिला ५५ केजी, पुरुष ७५ के.जी, महिला ६१ केजी, र पुरुष ८४ केजी भन्दा माथिको तौल समूह गरेर चार वटा खेल हुँदै छन्। यी तौल समूहको फाइनल खेल पनि आइतबार नै गर्ने तयारी छ।
पर्वतमा कराँतेतर्फ महिला र पुरुषका काता सहित विभिन्न तौल समूहका १९ वटा ‘इभेन्ट’मा खेल हुने छन्। ती ‘इभेन्ट’बाट खेलाडीले ३२ स्वर्ण, ३२ रजत र ६४ वटा कास्य पदक गरी कुल १२८ पदक प्राप्त गर्ने छन्। टिम काता (नन फाइट सो) र टिम कुमिते (ग्रुप फाइट) बाहेक तौल समूहका खेलमा एक ‘इभेन्ट’मा एक सहभागी समूहको एक जना मात्रै खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। तीन विभागीय र सात प्रदेश गरेर कराँतेमा १० समूहका खेलाडीहरू सहभागी छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive