पर्वत : ६७ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतमा पनि मूल समारोहको आयोजना गरेर दिवस मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता, जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरु लगायत विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनीधिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष, पुर्व प्रहरी संगठन पर्वतका अध्यक्ष, अमर प्रहरी परिवारका सदस्यहरु, पुर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारजनहरू, समाजसेवी, वुद्दीजिवी लगायतको पनि सहभागीता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।
सोही अवसरमा कार्यालयको प्राङगणमा रहेको अमर प्रहरी स्मारिकामा आगन्तुक सम्पुर्ण अतिथि महानुभावहरुले विर अमर प्रहरीहरूको सम्झनामा पुष्प गुच्छा तथा माल्यार्पण गर्दै शहिदहरुप्रती श्रद्वाञ्जली व्यक्त गरी अमर प्रहरीका परिवारजनले दिप प्रज्वलन समेत गरेका थिए ।
कार्यक्रममा प्रहरी कार्यमा सहयोग पुर्याउने व्यक्ति तथा संस्थानहरुलाई प्रशंसा– पत्र वितरण गरिएको थियो । त्यस्तै जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो भने ६७ औं प्रहरी दिवस २०७९ कै पूर्वसन्ध्यामा आयोजना गरिएका डबल ब्याडमिन्टन तथा डबल टेबुल टेनिस प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
प्रहरी दिवसको अवसरमा जि.प्र.का पर्वतमा मूल समारोह सम्पन्न
