शुक्रबार, फाल्गुन १८, २०८०
Friday, March 1, 2024
spot_img

ग्लोवल बैँक कुश्माले मनायो वार्षिकोत्सव

पर्वत : ग्लोवल आइएमइ बैँकको १६ औँ वार्षिकोत्सव कार्यक्रम कुश्मा शाखाले एक कार्यक्रम गरेर मनाएको छ । कुश्मा शाखामा आयोजित कार्यक्रममा वार्षिकोत्सवको अवसरमा एक अन्तरक्रियात्मक कार्यक्रम र केक काटेर खुशीयाली बाँडीएको हो ।
कुश्मा नगरपालिका ६ का वडाध्यक्ष ईश्वर गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिवालय बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र पहाडी, पर्वत उद्योग वाणिज्य संघ पर्वतका पूर्व अध्यक्ष रामकृष्ण कर्माचार्य, बैँकका शाखा प्रबन्धक प्रकाश शर्मा लगायतले बोल्नुभएको थियो ।
शाखा प्रवन्धक शर्माले नेपाल राष्ट्रबैँकबाट मर्जरका लागि अन्तिम स्विकृति पाएको र यहि पुष २५ गते बैँक अफ काठमाण्डौँ संग ग्लोवल आइएमइ मर्ज हुने जानकारी दिनुभयो ।
३० लाख भन्दा बढि ग्राहक रहेको यो बैँकले ४० लाख ग्राहक बनाउने लक्ष्य लिएको र २९२ शाखा, ५२ एक्सटेन्सन काउण्टर, २७१ एटिएम, ३ वटा रिपरिजेन्टिभ कार्यालय रहेको शर्माले जानकारी दिनुभयो ।
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive