बुध, माघ २८, २०८२
Wed, February 11, 2026

विधान बमोजिम सक्रिय रहन एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनका अध्यक्ष मरासिनीको निर्देशन

पुस २४, २०७९

क्यालिर्फाेनिया ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनका अध्यक्ष माधव मरासिनीले पदाधिकारी एवम् सदस्यहरुलाई संस्थानको विधान बमोजिम सक्रिय हुन निर्देशन दिएका छन् ।

अध्यक्ष मरासिनीले आइतबार एक सूचना जारी गर्दै नन रेसिडेन्ट नेपाली एसोसियसन नेपालीहरुको हितको पक्षपोषण गर्न संगठित रुपले आफ्‌नो गतिविधिलाई समन्वय एवं संचालन गर्न आधारभुत मानव अधिकार प्रति प्रतिवद्ध एक जिम्मेवार संस्थाको विधान बमोजिम सक्रिय रहन सबैलाई हार्दिक अनुरोध गरेका हुन् ।

विभिन्न उद्देश्यले नेपालको भुगोल भन्दा बाहिर बस्ने नेपाली र नेपाली भाषीहरुलाई एउटै मालामा उनेर सुख दुख साट्ने अनि मातृभुमि प्रति उत्तरदायी हुन नयाँ प्रविधिसँग हुर्किएका नयाँ पुस्तालाई पितृ भुमिसँग जोडि राख्न विश्वका विभिन्न मुलुकहरुमा बसोबास गरिरहेका एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनका पदाधिकारी एवम् सदस्यहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive