पर्वत : जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा आउँदो फागुनको ७, ८ र ९ गते नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिने भएको छ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा बसेको कुश्मा नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितीको बैठकले कुश्मा स्थित बडागाँउ खेल मैदान र शसस्त्र प्रहरी बल चण्डिका गणको मैदानमा विभिन्न २८ वटा इभन्ट्स खेल खेलाउने गरी गरी प्रतियोगिता आयोजना गर्ने निर्णय भएको हो ।
जिल्ला खेलकुद समिती पर्वतको प्रविधिक सहयोगमा हुने कार्यक्रम सम्पन्न गर्न नगर पालिका स्तरीय विभिन्न उप समितिहरु निर्माण गरी भव्यताका साथ प्रतियोगिता सम्पन्न गरिने नगर प्रमुख रामचन्द्र जोशीले बताए ।
रनिङ शिल्डमा तीन पटकसम्म लगातार पहिलो हुने विद्यालयलाई शिल्डको स्वामित्व सहित नगद पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय पनि नगरपालिकाले गरेको छ।
बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025