पर्वत : पर्यटकीय नगर कुश्माको बडागाउँमा आयोजित सातौं पर्वत महोत्सव नवौँ दिन आज राष्ट्रिय तथा स्थानीय कलाकारहरुले बेजोड सांगितिक प्रस्तुतीहरु दिइरहेका छन् ।
महोत्सवमा आज स्थानीय कलाकारका अतिरिक्त राष्ट्रिय कलाकारहरुको समेत उल्लेख्य सहभागिता रहेको छ । आज ज्योति मगर, तेजस रेग्मी, विमलाराज क्षेत्री, शिवहरी ढुंगाना, अस्मिता डल्लाकोटी, समुन्द्र गिरी, अनुराना मगर, गिता पाइजा सहित लेकाली व्याडले प्रसतुतीहरु दिइरहेका छ् । महोत्सवमा स्थानीय कला, संस्कृतिको जगेर्नाका अलवा स्थानीय उत्पादनहरुले समेत ठाउँ पाइरहेका छन् । मगर र गुरुङ समुदायको स्थानीय संस्कृति झल्कने खालका नाचगानहरु, स्थानीयस्तरमा गाइने भजन तथा विवाह र जिम्ती मेट्दा गाईने रत्यौली लगायतका नाचगान र स्थानीय संस्कृतिहरु महोत्सवको अर्को आकर्षणको रुपमा रहेका छन् ।
प्रत्येक तीन तीन वर्षमा आयोजना गरिने पर्वत महोत्सवले स्थानीय कला, संस्कृतिको जगेर्ना र विकास गरेको छ । महोत्सवमा राष्ट्रिय कलाकार मात्र नभई स्थानीय कलाकारहरुले समेत आप्mना प्रतिभा देखाउने अवसर पाएका छन् । पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सव माघ २१ गतेसम्म संचालन हुनेछ ।
पर्वत महोत्सव : आज ज्योति मगरदेखि लेकाली ब्याण्डसम्मका प्रस्तुती
