बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

एमालेको बहिष्कारले रोकियो कुश्मा नगरकार्यपालिकाको बैठक

पर्वत : आईतबारका लागि तोकिएको कुश्मा नगरपालिका नगर कार्यपालिकाको बैठक स्थगित भएको छ ।
कुश्मा नगरपालिकाको प्रशासकीय भवन निर्माण, भु–उपयोग क्षेत्र बर्गीकरण, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन, ‘घ’ बर्गको लाइसेन्स सम्बन्धी कार्यविधि संशोधन लगायत नगरबासीको प्रत्यक्ष सरोकारको बिषय घर नक्सा पासलाई नियमित गर्ने सम्बन्धमा छलफल र निर्णय गर्ने गरी बैठक बोलाइएको थियो ।
यिनै शीर्षकहरुमा छलफल चलिरहेको बेलामा दलको तर्फबाट बुदाँगत रुपमै कार्यपालिका सदस्य शिवलाल शार्कीले आफू एमालेको प्रमुख सचेतक भएको दावी गर्दै अरु नौ वटा बुँदा जबरजस्ती ‘एजेन्डा’ का रुपमा प्रस्तुत गरेर बैठक बिथोलेको नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताएका छन् ।
बैठकमा नगर उप–प्रमुख स्वस्थानी रिजालले दलको नेताको रुपमा प्रस्तुत भइ एमालेको तर्फबाट प्रस्तुत एजेण्डालाई कार्यपालिकामा स्थान दिए मात्र बैठक अगाडि बढ्ने अडान लिएपछि बैठक अबरुद्ध भइ बिना कुनै निष्कर्ष टुङ्गिएको नगरकार्यपालिकाका केही सदस्यहरुले बताएका छन् ।
नगर प्रमुख रामचन्द्र जोशीले नगर उप–प्रमुख स्वस्थानी रिजाल एवं अन्य कार्यपालिका सदस्यसँगै बसेर सहमतिमै तय गरेका विभिन्न नौ वटा ‘एजेन्डा’ समावेश गरि माघ १८ मा प्रमुख प्रशसकीय अधिकृत कुमान सिंह गुरुङले नगर कार्यपालिकाको बैठक आह्वान गरेका थिए । सोही अनुरुप बसेको बैठकमा दलिय संरचनाको वकालत गर्दै कुश्मा नगर कार्यपालिकाका लागि नेकपा एमाले पर्वतको तर्फबाट संसदीय दलको उपनेताको हवला दिदै वडा नं ६ का वडाध्यक्ष इश्वर गिरीले आफ्नो पार्टीको ‘एजेन्डा’ भन्दै अरु नौँ बुँदा भिन्दै रुपमा प्रस्तुत गरेको नेपाली काँग्रेसको तर्फबाट नगरकार्यपालिकामा प्रतिनिधित्व गर्ने सदस्यले बताएका छन् ।
नेपालको संविधानको मर्म एवं स्थानीय सरकार संचालन ऐनमा कतै पनी कार्यपालिकाभित्र दलिय उपस्थितिको कल्पना नगरिएको भएता पनि कुश्मा नगरपालिकामा सुरुवात देखि नै नेकपा एमालेको तर्फबाट विजयी कार्यपालिका सदस्यहरुले बहुमतको धम्की दिदै कार्यपालिका बैठकमा अनावश्यक राजनीति गर्न खोजिरहेको उनीहरुको आरोप छ ।
बैठकमा नगर प्रमुख रामचन्द्र जोशीले कार्यपालिका दलिय अखडा नभएर नगरका सार्वभौम जनताको साझा मञ्च रहेको भन्दै नगरले बैधानिक रुपमा ‘एजेन्डा’ प्रस्तुत गर्न आह्वान गरे । पूर्व निर्धारित बैठकमा छ्लफल गरौं र बाँकी एजेन्डा अर्को बैठकमा प्रस्तुत गरि निर्णय जाउँ भन्दा उप–प्रमुख रिजालले बैठक बहिष्कार नगरप्रमुख जोशीले बताएका छन्। एमाले समर्थित कार्यपालिका सदस्यले पटक पटक दलिय संरचनामा उपस्थिति भइ कार्यपालिका बैठकलाई बहुमतको बन्दी बनाएको भन्दै अन्य महत्त्वपूर्ण एजेन्डामाथी छलफल नै गर्न नपाईएको उनको भनाई छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive