बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024

नारी दिवसमा मोदी गाउँपालिकाले महिलाको स्वास्थ्य परीक्षण गर्ने

शान्ति सुवेदी
पर्वत : पर्वतको मोदी गाउँपालिकाले फागुन २४ गते परेको एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
औपचारिक कार्यक्रम आयोजना गरेर नारीको मुद्दामा बोल्नु मात्रैले नारीको अवस्था माथि उठ्न नसक्ने भएकाले उनीहरूलाई प्रत्यक्ष फाइदा दिने उद्देश्यले शिविरको आयोजना गरिएको हो । गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो ।
पातिचौरमा रहेको पशुपति आधारभूत विद्यालयमा सञ्चालन हुने एक दिने शिविरमा स्तन क्यान्सर, अब्सट्रेट्रिक फिस्टुला, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर र बाँझोपनका बारेमा वरिष्ठ चिकित्सकहरूबाट सेवा प्रदान गरिने छ । ‘गाउँघरमा काम गर्दा धेरैलाई स्वास्थ्य संस्थामा जाने फुर्सद नै हुँदैन । कोही समस्याका बारेमा खुल्न नचाहेर रोग पालेर बासिरहेको अवस्था छ । कोही फेरि अस्पताल जान खोजे पनि आर्थिक समस्याका कारण जान नसकिरहेको अवस्था छ ।’, उनले भनिन् ।
गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक उमेश अधिकारीले पछिल्लो समय फेरिँदै गएको रहनसहन र खानपानका कारण मानवीय स्वास्थ्यमा समस्या आएको बताए । त्यसमा पनि समय समयमा स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण गर्ने बानी नहुँदा रोगले गालेपछि मात्रै थाहा पाउने अवस्था रहेको उनको भनाई छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive