बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

गणतन्त्र दिवसको अवसरमा मेघा सिटी टोल विकास संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

पर्वत : १६ औं गणतन्त्र दिवसको अवसर पारेर अवसरमा मेघा सिटी टोल विकास संस्थाले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
तारकेश्वर नगरपालिका–१ को मेघा सिटी चोकमा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । कार्यक्रम मेघा सिटी टोल विकास संस्थाकी सचिव एवं कार्यक्रम संयोजक अर्चना अधिकारी भण्डारी तथा सस्थाको पदाधिकारी विशेष पहलमा सञ्चालन गरिएको हो ।
रक्तदातालाई तारकेश्वर नगरपालिका–१ का वडा अध्यक्ष विदुर सापकोटा, वडा सदस्य अच्युतराज कुँवर र संस्थाका अध्यक्ष धर्मराज गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए । गत वर्ष स्थापना भएको संस्थाले सामाजिक क्रियाकलापका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive