मङ्लबार, चैत्र ११, २०८१
Tuesday, March 25, 2025

कलेजो प्रत्यारोपण गर्नुपर्ने बालकलाई बुहारी ग्रुपको आर्थिक सहयोग

संजय रेग्मी
जेठ १६, २०८०
पर्वत : सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको बुहारी ग्रुप अफ नेपालले एक जना छ महिने बालकको उपचारको लागि ४५ हजार रुपैयाँ सहयोग गरेको छ ।
बुहारी ग्रुपकै सदस्यको रुपमा सामाजिक सेवामा लागेकी बर्दघाट की मुना आचार्यका छोरा रियान आचार्यकोको कलेजोको उपचारको लागि उक्त रकम सहयोग गरीएको बुहारी ग्रुपले जानकारी दिएको छ । कलेजोमा अचानक समस्या देखिएपछि उपचारको लागि नेपालकै हस्पीटल लैजादाँ कलेजो नै प्रत्यारोपण गर्नुपर्ने त्यो उपचार नेपालमा सम्भव नरहेको बताएपछि उनको भारतस्थित अपोलो हस्पिटलमा उपचार भइरहेको छ ।
रिहानको शल्यक्रियाको लागि ५० लाख रुपैयाँ भन्दा बढी खर्च हुने र त्यो खर्च गर्न सक्ने सामथ्र्य परिवारसँग नभएपछि आमा मुनाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गर्नका लागि बुहारी ग्रुपमा अनुरोध गरेकी थिईन् । करीब ७० हजार हजार भन्दा धेरै सदस्यहरु रहेको ग्रुममा आबद्ध रहेका बुहारीहरुले थोरै थोरै गर्दा उठेको ४५ हजार रुपैयाँ बुहारी ग्रुपकी संयोजक लक्ष्मी तिवारीले बताइन् ।
संयोजक तिवारीको नेतृत्वमा ग्रुपका मोडेरेटरहरु शैलजा तीवारी, रिया आर्चाय, सरीष्मा तिमिल्सीना, पुजा कार्की शर्मा, विनु अधिकारी र गिता घिमिरेको सहितको नेतृत्वमा आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive