२ भदौ, काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका- ६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए ।
खबर पाएपछि पुगेको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको हो ।