मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

नमुना आवासीय मा. वि.मा नयाँ विद्यार्थीहरुलाई स्वागत

भदौ २, २०८०

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको नमुना आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रम आयोजना गरि नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

विषेश गरी कक्षा ११ व्यवस्थापन संकाय वर्ष २०८० मा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरूलाई विद्यालयमा रहेको नमुना वेलफेयर क्लब तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले स्वागत गरेका हुन । व्यवस्थापन विषय अध्यापन गराउँदै आएको विद्यालयमा आयोजित उक्त कार्यक्रममा देशकै सफल उद्यमी तथा वातावरणविद्, सोच, खोज जस्ता थुप्रै पुस्तकका लेखक एवं सोच समुहका प्रवर्तक कर्ण शाक्यलाई प्रमुख अतिथि तथा प्रमुख वक्ताको रुपमा आमन्त्रण गरिएको थियो ।

विद्यार्थीहरूलाई स्वागत गर्दै प्रमुख अतिथि शाक्यले उद्यमशीलता अध्ययनको लागि देशका ठूला शहर चाहार्नु नपर्ने बताए । सकारात्मक सोच लिएर अगाडि बढेमा गाउँ तथा दूर दराजमा पनि मानिस सफल र असल हुने बताउँदै संघर्ष सफलता, सकारात्मक सोचले मानिसलाई आफ्नो उद्देश्यमा पुर्याउने शाक्यले बताए । शैक्षिक शत्र २०८०÷०८१ का लागि कक्षा ११ मा भर्ना भएका ७० जना विद्यार्थीहरूलाई एकै साथ स्वागत गरिएको हो । विद्यालयले गर्दै आएको सकारात्मक अभ्यास, उद्यमशीलताको प्रयास र उपलब्धीका बारेमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष यम प्रसाद शर्माले प्रकाश पारे ।

शर्माले हालै प्रकाशित कक्षा १० र १२ को बोर्ड परीक्षाको नतिजामा विद्यालयले जिल्लामा नै उच्च अंक ल्याउन सफल भएको भन्दै विद्यार्थीहरूलाई लगनशीलताको साथ अध्ययनमा जुट्न आग्रह गरे । उक्त कार्यक्रमका विशिष्ट अतिथि सकारात्मक सोचका प्रशिक्षक तथा शिक्षाविद् जोस वि निरौला, अर्का प्रशिक्षक अन्तिम गुरुङ लगायतले विद्यार्थीहरूलाई सकारात्मक सोच र त्यसको उपलब्धि र त्यसले मानिसको जीवनमा पार्ने प्रभावका बारेमा प्रशिक्षण गराएका हुन । कार्यक्रममा अभिभावक कमल पोख्रेलले नव आगन्तुक विद्यार्थीहरूलाई शुभकामना दिंदै विद्यालयका हरेक कार्यक्रममा विद्यार्थीहरूले सक्रियताका साथ सहभागी भइ आफ्ना क्षमता प्रदर्शन गरेकोमा खुशी व्यक्त गरे ।

विद्यालयका प्राचार्य ईन्द्रमान खत्रीले अतिथिहरूलाई धन्यवाद मन्तव्य राखेको कार्यक्रममा कलाकार विद्यार्थीहरूले करिब दुई दर्जन जति गीत र नृत्य प्रस्तुत गरेका थिए । क्लबका अध्यक्ष कक्षा १२ का विद्यार्थी अमृत तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी क्लबकी सचिव निशा आचार्यले गरेकी हुन । वाल कक्षा देखी कक्षा १२ सम्म १००० विद्यार्थी रहको विद्यालयमा ५२ जना शिक्षकले अध्ययन अध्यापन गराइरहेको विद्यालयका उपप्राचार्य खेमराज शर्मा चापागाईले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive