पर्वत : पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाले पर्वतबाट गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका न्यूयोर्क च्याप्टरमा विजयी भएका आफ्ना उम्मेद्वारहरुलाई एक कार्यक्रमकाबीच सम्मान तथा शुभकामना व्यक्त गरिएको छ ।
संस्थाको तर्फबाट जुलाई २२–२३, २०२३ मा सम्पन्न गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका न्यूयोर्क च्याप्टरमा विजयी भएका संस्थापक अध्यक्ष हेमन्त बहादुर मल्ल कार्यसमिति सदस्य विशाल रेग्मी र कार्यसमिति सदस्य तथा अनुशासन समितिका संयोजक दिलिप कुमार लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको हो । संस्थापक अध्यक्ष हेमन्त बहादुर मल्ल अध्यक्ष, विशाल रेग्मी कार्यसमिति सदस्य तथा दिलिप कुमार लामिछाने युवा संयोजकमा निर्वाचित भएका थिए । साथै उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद पौडेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत प्रदान गरिएको थियो ।
कार्यवाहक अध्यक्ष पौडेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष नर बहादुर जि.सी.(राजु) स्वागत तथा संस्थाका सल्लाहकार बसन्त चापागाईँले शुभकामना मन्तब्य राखेका थिए । यस्तै संरक्षक बाबुराम शर्माले विजयी सम्पूर्ण उम्मेदवारहरुलाई टीका तथा खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हेमन्तबहादुर मल्लले पर्वत र पर्वतवासीको विकास र समृद्धिमा पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाले गर्ने हरेक कार्यक्रममा आफ्नो संस्थाको समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बिहिबार, मंसिर २०, २०८१
Thursday, December 5, 2024