शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मंसिर ८, २०८०

पर्वत : जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० बिहीबारदेखि सुरु भएको छ ।

‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नारा सहित जलजला–३ स्थित विद्या ज्योति माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बि.क ले गरेका छन् । गाउँ शिक्षा समिती संयोजक एवं जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सोम जि.सी, गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, वाडाध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्यहरु, गाउँ शिक्षा समितिका सदस्यहरु, शैक्षिक एव सामाजिक व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुबीच बिभिन्न खेलमा प्रतिस्पर्धा हुने गरी आयोजना गर्ने गरेको प्रतियोगिता अन्तर्गत यस वर्ष पनि प्रतियोगिताको आयोजना गरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई कुश्माले पुष १४ गतेदेखि १६ गतेसम्म तीन दिन जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता र २०८१ जेठ २६ गतेदेखि २८ सम्म प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराएपछि मङ्सिरमा नै गाउँपालिका स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, एथलेटिक्समा छात्र÷छात्रातर्फ एक सय मीटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटरको दौड, रिले दौड, हाईजम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याब्लीङ थ्रो, सटफुट थ्रो, १२ पाउन्ड, कराँते लगायतका खेलहरु करिब तीन सय जना बिद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive