पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्र रहेका आधारभूत तहका विद्यालयहरूको लागि इमिस सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयहरुलाई पहिलो चरणमा, आधरभूत तह अन्तर्गत वडा नं. १ देखि ९ सम्मकालाई दोस्रो चरणमा र वडा नं. १० देखि १४ सम्मका आधारभूत विद्यालयहरुलाई तेस्रो चरणमा बिहीबार र शुक्रबार शैक्षिक तथ्याङ्क व्यवस्थापन गर्ने वेब बेस इमिसको बारेमा प्रशिक्षण दिइएको हो ।
देशभरका विद्यायहरुलाई एउटै प्रकारको वेब बेसमा रहेको शैक्षिक सूचना व्यवस्थापन प्रणालीको बारेमा अभिमुखीकरण गरेर विद्यालयहरुको विवरण अद्यावधिक अवस्थामा राख्नको लागि अभिमुखीकरणको आयोजना गरिएको नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीले बताउनुभयो । तेस्रो चरणमा सुरु भएको यो तालिममा विद्यालयका शिक्षक र कर्मचारीहरु गरेर ३० जनाको सहभागिता रहेको थियो ।
तहगत रूपमा आयोजना हुँदै जाने अभिमुखीकरणको लागि पहिलो चरणमा गत जेठ १६ नगरपालिकाभित्र रहेका २५ वटा माध्यमिक तहका विद्यालयका इमिस प्रणालीमा काम गर्दै आएका शिक्षक तथा कर्मचारीहरूलाई समावेश गरेर कार्यक्रम सञ्चालन गरिएको थियो । दोस्रो चरणको तालिम जेठ २७ र २८ गते आयोजना भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा विद्यालयले भर्नुपर्ने प्रोफाइल तथा विद्यालयका विवरणहरू अद्यावधिक, विद्यार्थीहरूको तथ्याङ्क व्यवस्थापन, परीक्षा व्यवस्थापन तथा सञ्चालन, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको अद्यावधिक विवरण, लगायतका विषयमा सहभागीहरुकाबीच आपसी छलफल र अनुभव आदानप्रदान गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले शिक्षा क्षेत्रलाई सङ्घीय सरकारबाटै बेवास्ता गरिँदा शैक्षिक समस्याहरू आइरहेको बताउनुभयो । कुश्मा नगरपालिकाले गरेका कामहरू अन्य पालिकाहरूले अनुसरण गर्ने समेत पछ्याउने भएकाले कुश्मा नगरपालिकाका शिक्षकहरू अरूका लागि उदाहरण भएर नियम अनुसार चल्नुपर्ने उहाँको भनाइ छ ।
अभिमुखीकरण कार्यक्रममा शिक्षा शाखा प्रमुख तिवारी सहित अधिकृत दीपक सुवेदी र अर्जुन पौडेल, नारायण माध्यमिक विद्यालय कुश्माका शिक्षक संजय रेग्मी र जनता सुदर्शन माध्यमिक विद्यालय ठूलीपोखरीका शिक्षक दामोदर पौडेलले सहजीकरण गरिरहनुभएको र्नुभएको छ ।
कुश्माका शिक्षकहरुलाई तेस्रो चरणको इमिस तालिम सुरु
