मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

गोठमाथिबाट पहिरो आउँदा पर्वतको कार्कीनेटामा दुई जना बेपत्ता

पर्वत : गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा दुई जना युवा बेपत्ता भएका छन्।

कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याका अनुसार बेपत्ता हुनेमा कार्कीनेटाको टिमुबोटस्थित पन्थेका ४० वर्षिय झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम पौडेल रहेका छन्। उनीहरू बेपत्ता भएपछि स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरेको भए पनि वर्षा नरोकिएका कारण उद्धारका लागि घटनास्थलमा जान नसकिएको उनले बताए।

उक्त स्थानमा थप पहिरो आउन सक्ने जोखिम देखिएको र उद्धारकै क्रममा थप पहिरो झरेमा थप मानवीय क्षति हुने अवस्था रहेकोले तत्कालका लागि उद्धारकर्ताहरूको सुरक्षालाई ध्यानमा राखिएको वडाध्यक्ष पाध्याले बताए। पहिरोमा परेर झलक पौडेलको घरमा पालिएका दुई वटा भैँसी, एउटा गोरु र चार वटा बाख्रा पनि पुरिएका छन्।

शुक्रवारदेखि अविरल रूपमा भइरहेको वर्षाले झलकको घर नजिकै रहेको गोठमाथिको पाखो गलेको जस्तो देखिएको थियो। गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर गोठमा रहेका चौपाया निकाल्न गएकै बेलामा पहिरो आएको पनि वडाध्यक्ष पाध्याले जानकारी दिएका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive