बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

मोदीका नयाँ प्रमुख प्रशासकीय अधिकृत पुरीलाई स्वागत

पर्वत : पर्वतको मोदी गाउँपालिकामा हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीलाई स्वागत गरिएको छ ।
मोदी गाउँपालिका कार्यालयमा शुक्रवार आयोजित स्वागत कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत पुरीलाई स्वागत गरिन । उनले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने र कर्मचारीलाई जनप्रतिनिधिहरूले काम गर्ने वातावरण सिर्जना गरिरहेको बताइन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले कर्मचारी र जनप्रतिनिधीबीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पुरीले मोदीको समग्र विकास निर्माणमा हर कदम लागिरहने साथै इमानदारी पूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि र आफ्ना सहकर्मी कर्मचारीहरूसँग मिलेर काम गर्ने बताए ।
सोही कार्यक्रममा मोदी गाउँपालिकाको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो मोदी’ को विमोचन सहित सार्वजनिक गरिएको छ । गाउँपालिकाले आधारभूत तहको पाठ्यक्रम गत वर्षबाट नै लागु गरिरहेको छ । कक्षा  १ देखी ३ सम्मको पाठ्यपुस्तक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले संयुक्त रूपमा पाठ्यपुस्तक विमोचन गरेका हुन् । पाठ्यपुस्तक छपाई सकिए लगत्तै मोदीको आधारभूत विद्यालयमा तत्कालै पुस्तक पठाउने काम भइरहेको सामाजिक विकास शाखा प्रमुख दिनेश शर्माले बताए ।
स्थानीय पाठ्यपुस्तकमा स्थानीय स्तरमा रहेका मूल्य मान्यता, कला संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने खालका विषयवस्तु समेटिएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive