मङ्लबार, अशोज १५, २०८१
Tuesday, October 1, 2024

शिक्षा दिवसको पूर्व सन्ध्यामा फलेवासमा आयोजना भए यस्ता प्रतियोगिता

पर्वत : भोलि मनाउन लागिएको राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसर पारेर पर्वतको फलेवास नगरपालिकाको आयोजनामा विभिन्न प्रतियोगिताहरू आयोजना गरिएका छन् ।
स्थानीय तहभरका विद्यालयहरू सहभागी हुने गरी तहगत रूपमा प्रतियोगिताहरू आयोजना गरिएका हुन् । कक्षा एक पाँचको आधारभूत तहका लागि ‘स्पेलिङ कन्टेस्ट’, कक्षा छ आठको आधारभूत तहको लागि वादविवाद प्रतियोगिता र कक्षा नौ १२ को माध्यमिक तहको लागि कविता लेखन प्रतियोगिता आयोजना गरिएको हो । आधारभूत तहको ‘स्पेलिङ कन्टेस्ट’ प्रतियोगिता अन्तर्गत वडा नं. १, २, ३ र ९ का विद्यालयहरूको लागि थापाठाना माध्यमिक विद्यालय थापाठानामा आयोजना गरिएको थियो ।
त्यस्तै वडा नं. ७, ८, १० र ११ का विद्यालयहरूको लागि कुर्घाको शारदा माध्यमिक विद्यालयमा र वडा नं. ४, ५ र ६ का विद्यालयहरूको लागि भवानी विद्यापीठ माध्यमिक विद्यालयमा प्रतियोगिताको आयोजना भएको थियो । थापाठाना मा.वि.मा १३, शारदा मा.वि.मा आठ भवानी विद्यापीठमा ११ वटा समूहहरूले प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा विजयी हुने प्रथम, द्वितीय र तृतीय विद्यालयलाई शिक्षा दिवसको मूल समारोहमा पुरस्कार वितरण गरिने छ ।
यस्तै मङ्गलवार आधारभूत र माध्यमिक तहको वादविवाद प्रतियोगिता भवानी विद्यापीठ माध्यमिक विद्यालय खानीगाउँमा सञ्चालन गरिएको छ । आजका विजेताहरूलाई पनि शिक्षा दिवसको मूल समारोहमा पुरस्कार वितरण गरिने भवानी विद्यापीठमा भएको ‘स्पेलिङ कन्टेस्ट’ का संयोजक राजु भुसालले जानकारी दिए । यस वर्षको शिक्षा दिवस ‘ज्ञान, विज्ञान, सीप उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ मनाइँदै छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive