मङ्ल, जेष्ठ ७, २०८२
Tue, May 20, 2025

शुभकल्याणमा कुश्मा नगर स्तरीय हाजिरी जवाफ हुने

माघ ८, २०८१
माघ ८, २०८१
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयले ६३ औँ वार्षिकोत्सवको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिने भएको छ ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतमका अनुसार यही माघको १० गते नगरपालिका स्तरीय अन्तर प्राथमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागिएको हो । १६ औँ संस्करणको १३ औँ प्रतियोगिताको  रूपमा कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुने विद्यालयले माघ ९ गतेभित्रमा समूह दर्ता गरिसक्नुपर्ने र समूहमा एक जना छात्रा अनिवार्य पर्ने गरी ३ जना सहभागी गराउन सकिने छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आउने विद्यालयहरूले पुरस्कार स्वरूप क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
विद्यालयले हरेक वर्ष यसरी नै कार्यक्रमहरूको आयोजना गर्दै वार्षिकोत्सव कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
गत बर्षको १२ औँ प्रतियोगितामा कुश्मा नगरपालिकाभित्रका बिभिन्न १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए । कुश्माको कालीगण्डकी एकेडेमी प्रथम, कटुवाचौपारीको सार्वजनिक मा.वि द्धितीय, कुश्माको नमूना मा.वि तृतीय र कटुवाचौपारीको आइबल एकेडेमी सानत्वना स्थानमा आएका थिए । उक्त कार्यक्रमको प्रायोजन आर्थरडाँडाखर्क घर भई हाल यु.के.मा रहेका कृष्णबहादुर गुरुङ र हङकङ निवासीहरुले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive