बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

पकुवामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु

पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा रहेको पकुवा युवा क्लबको आयोजनामा चार दिने विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
विगतका वर्षहरूमा पनि विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको क्लबले सातौँ संस्करणको कार्यक्रम आयोजना गरेको हो । पर्वतको प्रदेश सभा ‘क’ बाट गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर कुँवरले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले पकुवामा रहेको सडकको समस्याका बारेमा जानकार रहेको भन्दै समस्या समाधानको लागि सदैव लागिरहेको बताएका छन् । आफूले आवाज विहीनहरूको आवाजलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । समुदायमा बोल्न सक्ने, आफ्नो कुरा राख्न सक्नेहरूले भन्दा कुरा राख्नै नसक्ने समुदायका मागलाई खोजेर भए पनि सम्बोधनको प्रयास गरिरहेको प्रदेश सांसद कुँवरले बताए ।
विगतमा पकुवा सहित आफ्नो क्षेत्रमा विभिन्न भौतिक विकासका लागि आफ्नो तर्फबाट राखेका मागहरूमा सरकार परिवर्तन लगायतका कारण योजना मोडिने गरेको भए पनि आगामी योजनामा भने त्यस्तो हुन्छ भन्ने अपेक्षामा रहेको उनको भनाइ छ । युवाका क्षमता प्रस्फुटन गर्नका लागि खेल महत्त्वपूर्ण रहेको भन्दै कुँवरले अहिले कार्यक्रम सञ्चालन भइरहेको खेल मैदानका लागि पनि आफूले बजेट विनियोजन गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । खेलले अनुशासित नागरिक तयार पार्न सहयोग पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा युवा सङ्घ नेपाल गण्डकी प्रदेशका इन्चार्ज अर्जुन पौडेल ‘निर्जन’, पकुवाका वडाध्यक्ष बाबुराम पौडेल, नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सदस्य रमेश बम मल्ल, वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराज पौडेल, स्थानीय साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष डम्बर बि.क.ले बोल्नुभएको थियो ।
क्लबका संरक्षक तथा युवा नेता रमेश बहादुर क्षेत्रीको स्वागतमा सुरु भएको कार्यक्रम क्लबका अध्यक्ष आदित्य बम मल्लको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको सञ्चालन पत्रकार संजय रेग्मी, लोक तथा दोहोरी गायक सूदीप क्षेत्री र क्लबकी सचिव सुस्मिता मल्लले गरेका थिए ।
मेलाको प्रमुख आकर्षणको रूपमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता राखिएको छ । जसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार स्वरूप क्रमशः ८१ हजार, ४१ हजार, १६ हजार र ८ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र राखिएको छ । सांस्कृतिक कार्यक्रमहरू अन्तर्गत नृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता र घैँटो फुटाउने प्रतियोगिता राखिएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive