बुध, माघ २८, २०८२
Wed, February 11, 2026

रणभीम गुल्मको आयोजनामा सूर्यप्रकाशमा विपद् प्रतिकार्य डेमो प्रदर्शन

फाल्गुन १७, २०८१

पर्वत : नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मको आयोजनामा कुश्मा नगरपालिका–३, दुर्लुङ्गमा रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयमा एक दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरिएको छ ।

गुल्मका निमित्त गुल्म पति सहसेनानी महेश राज महर्जनको नेतृत्वमा सेनाको १० जनाको एक फौजले जनचेतनामूलक कक्षा सहित विपद् प्रतिकार्यमा गरिने विधिको बारेमा डेमो देखाइएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

डेमोमा एल.पी ग्याँस र सोही ग्याँसमा अचानक आगलागी भएमा सोको सावधानी गर्ने तरिका र क्षति न्यूनीकरण गर्ने उपाय सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन, फायरएस्टिङ्गगुईसरको प्रयोग र त्यस सम्बन्धी आवश्यक जानकारी दिइएको छ । यस्तै कुनै पनि दुर्घटनाबाट घाइते भएका व्यक्तिहरूलाई तत्कालै सोही स्थानमा गरिने प्राथमिक उपचार सम्बन्धी कक्षा सञ्चालन, विपद्को दौरान विभिन्न कारणले भिर, पहिरो, खोला÷नदी, खोचमा फसेका व्यक्तिहरूको कसरी उद्धार गर्ने भन्ने सम्बन्धमा कक्षा तथा डेमोन्सट्रेसन सञ्चालन गरिएको सहसेनानी महेश राज महर्जनले बताउनुभयो ।

सोही कार्यक्रममा भूकम्प सम्बन्धी पूर्व सावधानीका उपायहरू सम्बन्धी कक्षा सञ्चालन र डेङ्गु रोगको परिचय, सावधानी र त्यसबाट बच्ने उपायकाबारेमा पनि कक्षा सञ्चालन गरिएको छ । सेनाले देखाएको डेमोबाट विद्यार्थीहरूलाई विपद् प्रतिकार्यको बारेमा सिक्ने राम्रो अवसर पाएका विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर सापकोटाले बताउनुभयो । विद्यार्थीहरूलाई ज्ञान दिँदा उनीहरूमार्फत समुदायमा सन्देश लैजान पनि सहज हुने उहाँको भनाई छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive