बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

आगलागीबाट जोगिन सशस्त्र प्रहरीले यसरी सिकायो

फाल्गुन १९, २०८१

पर्वत : गर्मी याम लागेसँगै हुन सक्ने आगलागी र डढेलोबाट नागरिकलाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले ‘डेमो’ प्रदर्शन गरेको छ ।

सशस्त्र प्रहरी बलको पर्वतस्थित कुश्मामा रहेको नं. २५ गण हेडक्वार्टर चण्डिका पर्वतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय पर्वत र नेपाली सेनाको नयाँ रणभीम गुल्मको सहकार्यमा संयुक्त रूपमा ‘डेमो’ देखाइएको हो । बडागाउँस्थित खेल मैदानमा भएको प्रदर्शनमा खाना पकाउने एल.पी. ग्याँसबाट हुन सक्ने चुहावट, आगलागी र नियन्त्रण, घरमा तथा गोठमा हुने आगलागी र सुरक्षित नियन्त्रण, आगलागीमा परेकाहरूको उद्धार, उपचार र पुनस्थापना लगायतका घट्नाहरु देखिने गरी ‘डेमो’ देखाइएको हो।ड तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू सम्मिलित ‘डेमो’ मा आगलागी हुँदाको प्रत्यक्ष क्षणको नै अनुभूति हुने गरी पीडितहरू सहित नियन्त्रणका उपायहरू सिकाइएको थियो ।

कुनै पनि आगलागी नियन्त्रणमा लिने क्रममा सबैभन्दा पहिले मानवीय क्षति हुन नदिनका लागि गरिने सुरक्षित उद्धार, प्राथमिक उपचार र थप उपचारको व्यवस्थापनको बारेमा देखाइएको थियो । ‘डेमो’मा सहभागी भएका विद्यार्थीहरूले ‘डेमो’ बाट साना साना प्राविधिक ज्ञानहरू सिक्न पाएको बताएका छन् । घरमा राखिने ग्याँस सिलिन्डर माथि सामान्य बेवास्ता गर्दा मात्रै पनि टोल नै जल्ने गरी आगलागी हुन सक्ने जोखिमको बारेमा उनीहरूले सिक्दा समाजमा ज्ञान फैलाउन सजिलो भएको सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले बताए ।

कार्यक्रममा सहभागी भएका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मौसम अनुसारका घट्नाहरुलाई ख्याल गरेर सुरक्षाकर्मीहरूले बेला बेलामा प्रदर्शन गर्ने ‘डेमो’ले समाजलाई सुरक्षित राख्न सहयोग पुगेको बताए । ‘डेमो’ मा देखाइएका सीपहरू प्रयोग गर्दा क्षति न्यूनीकरण गर्न सकिने भएकोले सुरक्षाकर्मीले सिकाएका सीपहरू सबैले प्रयोग गर्नुपर्ने उनले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive