मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

हङकङमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुँदै

फाल्गुन २०, २०८१

फागुन २०, २०८१
पर्वत : पर्वत क्लब हङकङको नवौँ वार्षिकोत्सव तथा नेपालको नयाँ वर्ष २०८१ सालको अवसर पारेर हङकङमा भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
क्लबले हङकङस्थित याक एन्ड यति होटेलमा पत्रकार सम्मेलन गर्दै आउँदो अप्रिल २० तारिखका दिन चुनमुन बटरफ्लाई किनारस्थित भलिबल खेल मैदानमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । यो प्रतियोगिता महिलाका लागि आठौँ र पुरुषका लागि नवौँ खुल्ला रूपमा आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा दुर्लुङ सम्पर्क मञ्च हङकङका अध्यक्ष पर्वत कुमार गुरुङ र विशेष अतिथिको रूपमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा मिलन गुरुङको उपस्थिति रहेको थियो । प्रतियोगिताबारे जानकारी दिन आयोजित उक्त कार्यक्रममा पर्वत पुन मगर समाज हङकङका अध्यक्ष रामरास पुन, पञ्चासे सहयोग समिति हङकङका प्रतिनिधि भगत गुरुङ, आर्थर डाँडाखर्क सहयोग समिति हङकङका प्रतिनिधि तेज गुरुङ, पैयूँखोला समाज हङकङका प्रतिनिधि सुरेश सेन, भुरुङ्दी स्यो समाज हङकङका प्रतिनिधि कुमार गुरुङ, नेपाल पुलिस क्लबका पूर्व नेपाली राष्ट्रिय भलिबल खेलाडी तथा हाल पर्वत क्लब हङकङका खेलाडी सञ्जय अर्याल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पर्वत क्लब हङकङका सदस्य नारायण गुरुङ र क्लबका सदस्य मनोज गुरुङले क्लबका तर्फबाट स्वागत मन्त्ब्य दिनुभएको थियो । कार्यक्रममा भनाइ राख्नुभएका अतिथिहरूले प्रतियोगिताको पूर्ण सफलताको कामना व्यक्त गर्नुभएको छ ।
क्लबका अध्यक्ष काजी गुरुङ हङकङभन्दा बाहिर रहेकाले क्लबका उपाध्यक्ष दुर्गा थापाले कार्यक्रममा उपस्थित पाहुनाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सोही कार्यक्रममा नै प्रतियोगिता सम्पन्न गर्नको लागि झन्डै डेढ लाख हङकङ डलर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १४ हजार हङकङ डलर पैयूँखोला समाज हङकङका सक्रिय सदस्य तथा समाजसेवी सोनु गुरुङले सौजन्य गर्नुभएको छ । यस्तै द्धितिय पुरस्कार आठ हजार हङकङ डलर पर्वत पञ्चासे सहयोग समिति हङकङले प्रायोजन गरेको छ । यस्तै महिला भलिबल तर्फको द्धितिय पुरस्कारको लागि पाँच हजार हङकङ डलर पर्वत पञ्चासे सहयोग समिति हङकङले प्रायोजन गरेको छ ।
जानकारी दिन आयोजित सोही कार्यक्रममा विभिन्न पोस्टरहरू विमोचन सहित दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । यस्तै कोषाध्यक्षबाट वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive