मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

विद्यालय शिक्षा ऐनको मागमा शिक्षक आन्दोलन, नेपाली कांग्रेस पर्वतको समर्थन

चैत्र २५, २०८१

विद्यालय शिक्षा ऐनको जारीको माग गर्दै काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनप्रति नेपाली कांग्रेस प्रदेश सभा (क) क्षेत्रीय कार्यसमिति, पर्वतले ऐक्यबद्धता जनाउँदै नेपाल सरकारलाई तत्काल समाधानका लागि अपिल गरेको छ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौंमा अनिश्चितकालीन आन्दोलन भइरहेको छ। शिक्षक तथा विद्यालय कर्मचारीहरूले गुणस्तरीय शिक्षा प्रवर्धन गर्न विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग राख्दै आएका छन्।

शिक्षा क्षेत्रका विविध माग र समस्या समाधानका लागि नेपाल सरकारसँग संवादको वातावरण बनाउनुपर्नेमा जोड दिँदै नेपाली कांग्रेस पर्वतले शिक्षक महासंघले उठाएका जायज मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।

प्रदेश सभा (क) क्षेत्रीय कार्यसमितिका सभापति राज कुमार क्षत्रीद्वारा हस्ताक्षरित अपिलपत्रमा भनिएको छ, “शिक्षा क्षेत्रको उन्नति लोकतन्त्रको आधार हो। शिक्षकहरूका समस्यालाई गम्भीरतापूर्वक लिएर वार्तामार्फत समाधान खोजिनु पर्छ।”

यसै सन्दर्भमा काँग्रेस पर्वतले सरकारलाई शिक्षक महासंघसँगको संवादमार्फत चाँडो भन्दा चाँडो समाधान खोज्न पुनः आग्रह गरेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive