मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

राज्यले शिक्षकका माग सुनोस् : महासङ्घ केन्द्रीय सदस्य हमाल 

बैशाख १०, २०८२
पर्वत : देशभरका शिक्षकहरूले विभिन्न मागहरू राख्दै थालेको आन्दोलन आज २२ औँ दिनमा प्रवेश गरिसकेको छ । यसैबीच, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सदस्य विप्लव जङ्ग हमालले आन्दोलनको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै हमालले आन्दोलन समाधानतर्फ नलागी अझ जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । लोकतान्त्रिक सरकार शिक्षकहरूको आवाजप्रति उदासीन रहेको भन्दै उहाँले त्यसप्रति असन्तुष्टि जनाउनुभएको छ ।
‘देशका मेरुदण्डसरह रहेका शिक्षकहरूलाई आन्दोलन गर्नुपर्ने अवस्था आउनु नै दुर्भाग्यपूर्ण हो ।’ उहाँले उल्लेख गर्नुभएको छ । साथै, उहाँले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग हार्दिक आग्रह गर्दै शिक्षकहरूको जायज मागहरू यथाशीघ्र सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
वक्तव्यमा हमालले आशा र विश्वास व्यक्त गर्दै भन्नुभएको छ, ‘छिट्टै शिक्षकहरू आफ्नो कार्यक्षेत्रमा फर्कनेछन् र शिक्षण संस्थाको वातावरण सुध्रिनेछ ।’ उहाँले शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई संवादमार्फत समाधान खोज्न स्पष्ट सन्देश दिनुभएको छ ।
हमाल हाल जलजला गाउँपालिकाको शिव माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएको छ । उहाँले शिक्षकहरूको आवाजलाई सम्मान गर्दै राज्यले संवेदनशील ढङ्गले समाधान प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive