शनि, माघ १०, २०८२
Sat, January 24, 2026

१२ कक्षा परीक्षा : पर्वतका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण

बैशाख १९, २०८२
पर्वत : यही वैशाख २१ गतेबाट सञ्चालन हुने लागेको कक्षा १२ को अन्तिम परीक्षाको बारेमा पर्वतका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा जिल्लाका सात वटा केन्द्रहरूका लागि नियुक्त भएका केन्द्राध्यक्ष तथा त्यहाँ काम गर्ने कर्मचारीहरूलाई राखेर संयुक्त रूपमा परीक्षाको सञ्चालनको बारेमा अभिमुखीकरण गरिएको हो । कार्यक्रममा केन्द्राध्यक्षहरुलाई सहजीकरण गर्दै उपनिर्देशक तथा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख गोविन्दराज पोख्रेलले परीक्षालाई शान्त र मर्यादित रूपमा सम्पन्न गर्नको लागि केन्द्राध्यक्षहरुलाई निर्देशन दिनुभयो ।
शिक्षकहरूको आन्दोलन सकिए लगत्तै परीक्षा सञ्चालनको लागि आफूहरूले पूर्ण क्षमतामा काम गरिरहेको भन्दै उहाँले प्रदेशका ११ जिल्लाका लागि आठ स्थानहरूमा अभिमुखीकरण कार्यक्रमहरूको आयोजना गरिएको उल्लेख गर्नुभयो । विशेषतः अनुगमको नाममा धेरै व्यक्ति तथा टोलीहरू परीक्षा केन्द्र तथा परीक्षा चलिरहेको कोठामा छिर्ने गरेको भन्दै उहाँले त्यसलाई व्यवस्थित गर्न केन्द्राध्यक्षहरुलाई अनुरोध गर्नुभएको छ ।
यस्तै जिल्ला स्तरीय परीक्षा समन्वय समिति पर्वतका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले गत चैतमा भएको एस.इ.ई. परीक्षा जस्तै कक्षा १२ को परीक्षालाई पनि मर्यादित र प्रशंसनीय बनाउन केन्द्राध्यक्षहरुमा अनुरोध गर्नुभयो । विद्यार्थीले आफूमा भएका ज्ञान शान्तिपूर्वक लेख्न पाउने वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको प्रजिअ घिमिरेको भनाई छ ।
यस्तै परीक्षा समन्वय समितिका सदस्य सचिव तथा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मतिलाल चपाइले अनुगमनकर्ताहरूले पालना गर्नुपर्ने नियम सहित परीक्षा सञ्चालन विधिको बारेमा केन्द्राध्यक्षहरुलाई जानकारी गराउनुभएको छ । केन्द्रध्यक्षहरुलाई स्पष्ट रूपमा सबै कुराको प्रशिक्षण गरिएकोले परीक्षा चुस्त दुरुस्त रूपमा सञ्चालन गर्नको लागि सबै तयारीहरू पूरा भएको कार्यालय प्रमुख चपाइले बताउनुभयो ।
१२ कक्षाको परीक्षामा पर्वतका सात वटा केन्द्रहरूबाट नियमिततर्फका एक हजार दुई सय ५४ तथा ग्रेड बुद्धितर्फका चार सय २७ जना गरी कुल एक हजार छ सय २१ जना परीक्षार्थीहरू सहभागी हुँदै छन् ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive