बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पर्वतका दुई युवा भारतीय सेनाका तर्फबाट सगरमाथाको चुचुरोमा

जेष्ठ १६, २०८२

पर्वत : हाल भारतीय सेनामा कार्यरत रहेका जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारी घर भएका किरणबहादुर पि.सी र फलेवास नगरपालिका–२ थापाठानास्थित खुमका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेर फर्किएका छन्।

वि.सं. २०७४ सालमा भारतीय सेनामा भर्ती भएका कटुवाचौपारीका पि.सी. ले भारतीय सेनाको रजत जयन्ती सगरमाथा अभियानको हिस्साका रूपमा सगरमाथाको आरोहण गरेका हुन्। किरणसहित भारतीय सेनाबाट आएका चार जना नेपालीहरू सहित २२ जनाले एकै पटक सफल आरोहण गरेका छन्।

फलेवासका अर्जुनले पनि सफल आरोहण गरी शुक्रवार आधार शिविरमा फिर्ता भएका छन्।   उनीहरूले सगरमाथाको शिखरमा भारत र नेपालको झन्डा फहराएका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive