सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

पर्वत जेसीजद्वारा ‘तपाईं भित्रको नेतृत्व क्षमतालाई चिन्नुहोस्’ तालिम सम्पन्न

जेष्ठ २८, २०८२

पर्वत : पर्वत जेसीजको आयोजनामा नेतृत्व विकासमा केन्द्रित विशेष तालिम तपाईं भित्रको नेतृत्व क्षमतालाई चिन्नुहोस्’ कार्यक्रम सम्पन्न भएके छ ।
पर्वत जेसीज सचिवालय कुश्मामा आयोजित तालिममा नेतृत्वमा रुचि राख्ने युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकका रूपमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बर्ष २०२१ का जेसी शिवप्रसाद भुसाल रहनुभएको थियो । उहाँले सहभागीलाई नेतृत्व केवल ओहदा नभई दृष्टिकोण र कार्यशैली भएको उल्लेख गर्दै, नेतृत्व क्षमताको पहिचान, आत्मविश्वास अभिवृद्धि, अवसरको उपयोग र सामाजिक परिवर्तनमा युवाको भूमिकाबारे गहनरूपमा मार्गदर्शन गर्नुभयो । उहाँको सजीव प्रस्तुति र व्यावहारिक दृष्टिकोणले सहभागीहरूमा नेतृत्वप्रतिको दृष्टिकोण अझ गहिरो बनाएको थियो । कार्यक्रमको अध्यक्षता वर्ष २०२५ का अध्यक्ष जेसी अच्युत पौडेलले गर्नुभएको थियो ।
कार्यक्रम संयोजनको जिम्मेवारी जेसी अर्जुनराज पुरीले वहन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन वर्ष २०२५ का महासचिव जेसी प्रबेश राज पुरीले प्रभावशाली रूपमा गर्नुभएको थियो । विशेष अतिथिका रूपमा कार्यक्रममा अध्यक्षीय क्लब अध्यक्ष जेसी निर्मल बिश्वकर्मा, तालिम प्रतिष्ठान संयोजक अर्जुन प्रसाद चापागाईं, तालिम प्रतिष्ठान सदस्य हिमबहादुर पौडेल क्षेत्री, पूर्व अध्यक्ष सुमन श्रेष्ठ, तथा निवर्तमान अध्यक्ष मिलन पौडेलको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको समेत उपस्थिति रहेको थियो ।
साथै, पूर्व अध्यक्षहरू, कार्यसमिति सदस्यहरू तथा पर्वतका विभिन्न सामाजिक क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ प्रभावशाली बनाएको थियो । सबैको सक्रियता र ऊर्जा कार्यक्रमको सफलताको प्रमुख आधार बनेको आयोजक पर्वत जेसिजले बताएको छ सहभागिता, ऊर्जा र उद्देश्यपूर्ण संवादले भरिपूर्ण उक्त तालिम कार्यक्रमले सहभागीहरूको आत्मविश्वास वृद्धि गर्न, नेतृत्व क्षमताको पहिचान गराउन र जिम्मेवार नागरिकका रूपमा अगाडि बढ्न थप उत्प्रेरणा प्रदान गरेको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive