बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालयको स्थापना: कुटनीतिक सम्बन्धको नयाँ अध्याय

जेष्ठ २८, २०८२

क्यालिफोर्निया : सान फ्रान्सिस्को नेपाल सरकारले अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापना गर्ने निर्णय गरे सँगै नेपाल सरकार परराष्ट्र मन्त्रालय बाट खटाईएका कुटनीतिक कर्मचारी ऋषि राज आचार्य र देवदूत ढकाल क्यालिफोर्नियामा आईपुग्नु भएको छ ।

कुटनीतिक कर्मचारीको टोलीलाई सान फ्रान्सिस्को विमानस्थलमा मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डे देउराली फाउण्डेशनका संस्थापक माधव मरासिनी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि प्रसाद ओझा उपाध्यक्ष वासु क्षेत्री कोषाध्यक्ष तेजेन्द्र बराल सदस्य जनकराज ढुङगाना तामाङ कोअप्रेसन सोसाईटीका अध्यक्ष सुरज पाखरिन गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् वेस्ट कोस्ट रिजनल चियर बिष्नु केसी समाजसेवी नारायण पोखरेल राजेश थापा अतुल कुँवरले स्वागत गर्नुभयो ।

नेपाल र अमेरिकाबीच दीर्घकालीन मित्रताको सम्बन्ध रहेको छ। यो नयाँ कन्सुलेट कार्यालयले दुवै देशबीचको सम्बन्ध अझ मजबुत बनाउन र दुई देशका नागरिकहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कन्सुलेट कार्यालयले नेपाली नागरिकहरूलाई क्यालिफोर्निया राज्य र वरपरका राज्यहरुमा विभिन्न सेवाहरू प्रदान गर्ने छ। यसमा पासपोर्ट सम्बन्धी सेवा, भिषा सम्बन्धी जानकारी, र नेपाली नागरिकहरूलाई आवश्यक पर्ने अन्य सहायता समावेश गर्ने छ ।

नेपाल सरकारले अमेरिकामा नेपाली समुदायको हितलाई संरक्षण र प्रवर्द्धन गर्नुका साथै व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न यस कन्सुलेट कार्यालयको स्थापनालाई प्राथमिकता दिएको छ। कुटनीतिक कर्मचारीको टोलीले सान फ्रान्सिस्को र वरपरका क्षेत्रहरूमा नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट गरी कन्सुलेट कार्यालयको कार्य योजना र सेवाहरूबारे छलफल गर्ने छन ।

नेपाल र अमेरिकाबीचको सम्बन्धमा यो नयाँ अध्यायको सुरुवातले दुवै देशबीचको मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ। कार्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाहरुले भने, ‘यो निर्णय नेपालको विदेश सम्बन्धलाई मजवुत बनाउने तथा नेपाली नागरिकहरुको हितमा काम गर्ने एक महत्वपूर्ण कदम हो । हामी विश्वास गर्दछौं कि यो कार्यालयले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुरयाउनेछ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive