शुक्र, जेष्ठ ८, २०८३
Fri, May 22, 2026

विवाहको फजुल खर्च कटाएर ५० विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री तथा नगद सहयोग

जेष्ठ ८, २०८३

पर्वत : पाङ युवा क्लबको समन्वय तथा आयोजनामा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक सामग्री तथा नगद वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
पाङटारमा जन्म भई हाल पोर्चुगललाई कर्मथलो बनाउँदै आउनुभएका रामचन्द्र रिजालले आफ्नी छोरी पूजा रिजालको विवाहमा हुने फजुल खर्च कटाएर उक्त सहयोग प्रदान गरेका हुन् । कार्यक्रमअन्तर्गत कुश्मा नगरपालिका वडा नं. १ र २ का ७ ओटा विद्यालय तथा जलजला गाउँपालिका–८ अन्तर्गतका अनाथोदय प्रा.वि. र जलजला–९ स्थित बनौ माध्यमिक विद्यालय गरी ९ वटा विद्यालयका ५० जना आर्थिक रूपमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
विद्यार्थीहरूलाई तीन दर्जन कापी, ५० पिस कलम, तीन वटा ड्रइङ कापी, एक प्याकेट कलर, ज्यामिती बक्स, झोला तथा प्रतिविद्यार्थी तीन हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरिएको आयोजकले जनाएको छ । सो अवसरमा समाजसेवी रामचन्द्र रिजालले पाङ युवा क्लबलाई पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै उहाँका बुवा चण्डीप्रसाद रिजाललाई सम्मान गरिएको छ ।
त्यसैगरी, एसईई परीक्षा २०८२ मा कुश्मा नगरपालिकाभित्रका सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गर्दै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल नुवार सुबेदी माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive